ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजकुमार ह्यारी र मेघन दुई सन्तानसहित बेलायत फर्किँदै


ABC NEWS
४ भदौ २०८३, बिहिबार   २ : ४५   बजे

लन्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कलले शाही परिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि दुई सन्तानसहित बेलायत फर्किने तयारी गरेका छन्।

द टेलिग्राफका अनुसार ह्यारी–मेघनले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बस्ने योजना बनाएका छन्। उनीहरूले नयाँ घरसमेत छनोट गरिसकेको बताइएको छ।

बीबीसीलगायत सञ्चारमाध्यमका अनुसार उनीहरूका ७ वर्षीय छोरा आर्ची र ५ वर्षीया छोरी लिलिबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायती विद्यालयमा भर्ना गरिसकिएको छ।

ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेर अमेरिका बसाइँ सरेका थिए। त्यसपछि ह्यारीको संस्मरण ‘स्पेयर’ र अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ताले शाही परिवारसँगको उनीहरूको सम्बन्ध थप तनावपूर्ण बनेको थियो।

राजा चार्ल्सलाई जानकारी

प्रेस एसोसिएसनका अनुसार ह्यारी दम्पतीले बेलायत फर्किएर बस्ने योजनाबारे राजा चार्ल्स तृतीयलाई जानकारी गराइसकेका छन्।

राजाले परिवारका सदस्यसँग भेटघाट गर्ने अवसरलाई स्वागत गर्ने भए पनि ह्यारी र मेघनको शाही हैसियतमा कुनै परिवर्तन नहुने बताइएको छ। उनीहरूले पुनः राजपरिवारको आधिकारिक जिम्मेवारी सम्हाल्ने सम्भावना पनि नरहेको जनाइएको छ।

यसअघि ह्यारीले बेलायतमा परिवारसहित फर्किँदा आफूले सुरक्षा महसुस नगरेको बताएका थिए। सरकारी खर्चमा उपलब्ध हुने प्रहरी सुरक्षासम्बन्धी कानुनी विवादमा पराजित भएपछि उनले परिवारलाई सुरक्षित रूपमा बेलायत ल्याउन कठिन रहेको बताएका थिए। यद्यपि गृह मन्त्रालयले सुरक्षा आवश्यकता मूल्याङ्कनका आधारमा उपयुक्त व्यवस्था गरिने जनाएको छ।

विलियमलाई जानकारी छ कि छैन ?

ह्यारी–मेघनको पछिल्लो बेलायत भ्रमण जुलाईको सुरुआतमा भएको थियो। त्यस क्रममा उनीहरूले राजा चार्ल्ससँग निजी भेट गरेका थिए।

राजा चार्ल्सलाई दुई वर्षअघि क्यान्सर भएको पत्ता लागेपछि उनी उपचाररत छन्। ह्यारीका दाजु तथा सिंहासनका उत्तराधिकारी राजकुमार विलियम र उनकी पत्नी क्याथरिनलाई दम्पतीको फर्किने योजनाबारे जानकारी दिइएको छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन।

ह्यारी र विलियमबीच लामो समयदेखि सम्बन्धमा दूरी रहेको बताइन्छ।

अमेरिकापछि बेलायतमा पुनरागमन

राजपरिवारसम्बन्धी टिप्पणीकार रिचर्ड फिट्जविलियम्सले ह्यारी–मेघनको बेलायत फर्किने योजनालाई ‘असाधारण विकास’ भनेका छन्। उनले दम्पतीले अमेरिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गरेका छन्।

सन् २०२० मा नेटफ्लिक्ससँग करिब १० करोड अमेरिकी डलरको सम्झौता गरे पनि उनीहरूका केही परियोजनाले अपेक्षाअनुसार दर्शक आकर्षित गर्न नसकेको बताइएको छ।

द सनका अनुसार ह्यारी–मेघनले क्यालिफोर्नियाको मोन्टेसिटोस्थित घर र पोर्चुगलको घर भने कायम राख्नेछन्।

डायनाको जीवनबारे पुस्तक

यसैबीच ह्यारीकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले डायनाको जीवनबारे ‘स्वान सङः डायना, माई सिस्टर’ नामक पुस्तक प्रकाशन गर्ने घोषणा गरेका छन्।

पुस्तक सेप्टेम्बर २२ मा १२ भाषामा प्रकाशित हुने बताइएको छ। जुलाईको सुरुआतमा ह्यारी, मेघन र उनीहरूका सन्तानले मध्य इङ्ल्यान्डस्थित अल्थर्पमा रहेको स्पेन्सर परिवारको पैतृक घर पुगेर डायनाको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

नेपालमा १० वर्षमा सर्पदंशबाट ३०१ जनाको मृत्यु, मनसुनमा जोखिम झन् उच्च

सम्बन्धित

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

रुसका प्रमुख अर्थशास्त्री क्लेपाच बर्खास्त, युद्धका कारण आर्थिक संकट बढ्ने चेतावनी दिएको दाबी

मध्य अफ्रिकी गणतन्त्रमा सुन खानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को संरचना सुधार्न माग गर्दै भन्यो– ग्लोबल साउथको प्रतिनिधित्व बढाऊ

अमेरिकी राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब डलर नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu