ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सेली राष्ट्रपति म्याक्रोँको सिरिया भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते


abc tv news
२४ असार २०८३, बुधबार   ९ : १८   बजे

काठमाडौं २४ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसको मध्यभागमा मंगलवार भएका दुईवटा विस्फोटमा परी १८ जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयकाअनुसार घाइते हुनेहरूमध्ये चार जना प्रहरी अधिकारी रहेका छन् । विस्फोट राजधानीको फोर सिजन्स होटल नजिकै रहेको पर्यटन मन्त्रालयको कार्यालय आसपास भएको जनाइएको छ । गृह मन्त्रालयले उक्त विस्फोट राष्ट्रपति म्याक्रोँको निवासका लागि तोकिएको सुरक्षा घेराबाहिर भएको स्पष्ट पारेको छ । यस घटनाबाट राष्ट्रपतिको भ्रमण र सुरक्षामा कुनै प्रत्यक्ष खतरा उत्पन्न नभएको र औपचारिक भ्रमणका कार्यक्रमहरू पूर्वनिर्धारित तालिका अनुसार नै जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ । 
विस्फोटको खबर सार्वजनिक भएको केही समय लगतै सिरियाली राष्ट्रपति अहमद अल–शराले ‘पिपल्स प्यालेस’मा राष्ट्रपति म्याक्रोँलाई स्वागत गर्नुभएको राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले जनाएका छन् । 
सिरियाली समाचार निकाय (साना) का अनुसार सुरक्षा बलले ती स्थानमा दुईवटा विस्फोटक उपकरणहरू फेला पारेका थिए । ती उपकरणहरूलाई निष्क्रिय पार्ने प्रक्रिया शुरु भइरहेका बेला विस्फोट भएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्रारम्भिक अनुसन्धानकाअनुसार उक्त घरेलु विस्फोटक उपकरणहरू (आईईडी) एउटा पार्क गरिएको सवारी साधन र सडक किनारको फोहोर फाल्ने कन्टेनरभित्र राखिएका थिए । 
घटनापछि सुरक्षा निकायले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा घेराबन्दी गरेको छ। विशेषज्ञ टोलीहरूले सो क्षेत्रमा थप सुरक्षा अपरेसन र खानतलासी जारी राखेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

सम्बन्धित

चीनको हुबेईमा भीषण आँधीबेहरीः ११ जनाको मृत्यु, एक बेपत्ता

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

रक्षा उत्पादन र सैन्य क्षमता विस्तारको लक्ष्यसहित अंकारामा नेटो शिखर सम्मेलन शुरु

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा नाटो शिखर सम्मेलनमा संयुक्त ड्रोन उत्पादनको प्रश्ताव

हर्मुज जलडमरूमध्यमा तनाव चुलियो : अमेरिकी हवाई आक्रमणपछि इरानको कडा चेतावनी

नाटोको पर्दापछाडि : युरोप आफैंभित्रबाट विखण्डित हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu