ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकारले मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गरिरहेको छैन’


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   ५ : १२   बजे

काठमाडौं, २४ असार । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ।

बुधबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारसमक्ष गरेका सिफारिशमध्ये १३ प्रतिशत सिफारिस मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको बताए। उनकाअनुसार आयोगका सिफारिसमध्ये ३४ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएका छन् भने ५२ प्रतिशतभन्दा बढी सिफारिस अझै कार्यान्वयन हुन सकेका छैनन्।

‘आयोगले हाल सरकारलाई एक हजार ६३० वटा सिफारिश गरेको छ भने आठ हजार २६० वटा उजुरीहरू तामेलीमा राखिएका छन्। तर हामीले गरेका अधिकांश सिफारिशहरू कार्यान्वयन भएको अवस्था छैन,’ उनले भने।

हालसम्म आयोगमा १४ हजारभन्दा बढी उजुरी दर्ता भएको उनले बताए। तीमध्ये १० हजार ६ सय उजुरी फर्छ्यौट भइसकेको अध्यक्ष मगरले जानकारी दिए। उनले दुई हजार एक सय उजुरी अनुसन्धानको क्रममा रहेको जानकारी दिए।

सरकारलाई गरिएका सिफारिश कार्यान्वयनको अवस्था भने राम्रो नरहेको उनको भनाइ छ। ‘कार्यान्वयनको अवस्था हेर्ने हो भने आयोगका सिफारिशमध्ये १३ प्रतिशत मात्र सिफारिसहरू पूर्ण रुपमा कार्यान्वयन भएको अवस्था छ। ३४ प्रतिशत सिफारिशको आंशिक कार्यान्वयन भएको अवस्था छ र ५२ प्रतिशतभन्दा बढी सिफारिशहरू कार्यान्वयन नभएको अवस्था छ,’ उनले भने।

आयोगका सिफारिश कार्यान्वयनका लागि सरकारलाई पटकपटक भन्दै आएको उनले सुनाए। अझ द्वन्द्वकालीन मुद्दामा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषीलाई कारबाही गर्ने सम्बन्धी सिफारिश कार्यान्वयनमा ढिलाइ भइरहेको बताए।

‘आयोगका सिफारिश कार्यान्वयनको लागि हामीले सरकारलाई पटक पटक भनिराखेका छौँ,’ अध्यक्ष मगरले भने, ‘त्यसमा द्वन्द्वकालीन मुद्दाहरूमा पीडितलाई क्षतिपूर्ति दिने र दोषीलाई कारबाही गर्ने सिफारिसहरू कार्यान्वयनमा ढिलाइ भइरहेको अवस्था छ।’

अध्यक्ष मगरले आयोगको नियक्ति प्रक्रियाबारे समेत अन्तर्राष्ट्रिय चासो रहेको भन्दै पारदर्शी बनाइनुपर्ने बताए। उनले आयोगमा कार्यरत कर्मचारीको वृत्ति विकास र सुविधाहरू संविधान बमोजिम हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?

‘सरकारले मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गरिरहेको छैन’

सम्बन्धित

विश्वकप क्वार्टरफाइनलको रोमाञ्चक मोड: को पुग्ला सेमिफाइनलमा?

एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

विष्णु पौडेलको चौथो पटक म्याद थपियो

काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu