काठमाडौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सय दिनमा सरकारले जनतालाई रुवाउने बाहेक खुसी हुने कुनै काम नगरेको टिप्पणी गरेका हुन् ।उनले देशमा खुसी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए । सरकारलाई भाँडोमा उम्लिएको दूधसँग तुलना गर्दै अध्यक्ष ओलीले सरकारको खुट्टा भुईँमा नभएको र कर्तव्य बोध शून्य रहेको धारणा राखे ।उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोलेमा वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरूका बारेमा नबोल्न सुझाव दिए ।
उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे ।एमाले सकियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभई देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्की सहित ६ जना केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराएका थिए ।







प्रतिक्रिया दिनुहोस्