ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयास: सरकारले बेहोर्ने भयो सम्पूर्ण उपचार खर्च, विशिष्टीकृत उपचारका लागि दिल्ली लगिँदै


एबीसी न्यूज
२६ असार २०८३, शुक्रबार   २ : १९   बजे

काठमाडौँ, ; त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका २६ वर्षीय पठाओ चालक गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ. वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा जीवन र मृत्युको दोसाँधमा रहेका नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको छ.

प्रधानमन्त्री बालेन्द्र शाहको विशेष पहलमा नेपालीलाई भारत पठाउने प्रक्रिया अघि बढाइएको हो. यसबारे आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले गरिरहेका छन्.

गृहमन्त्री र प्रधानमन्त्रीको सचिवालय वीर अस्पतालमा

घाइते गणेश नेपालीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार नै वीर अस्पताल पुगेका थिए. उनीहरूले उपचारमा संलग्न चिकित्सकहरूसँग घाइतेको पछिल्लो अवस्थाबारे जानकारी लिँदै बिरामीलाई तत्काल भारत लैजान आवश्यक सबै तयारी चुस्त बनाउन निर्देशन दिएका छन्.

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यो निर्णय कुनै नयाँ नभई कानुनको कार्यान्वयन भएको र सरकारले यस्तो अभ्यासलाई निरन्तरता दिने स्पष्ट नीति लिएको बताइन्. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उपचार खर्चका कारण कुनै समस्या आउन नदिने प्रतिबद्धता जनाएको छ.

डाक्टर भन्छन्– “अवस्था अत्यन्तै गम्भीर, ६० प्रतिशत शरीर जल्यो”

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पियुष दाहालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ. प्रारम्भिक अनुमान अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ. जलनका कारण सङ्क्रमण, श्वासप्रश्वासमा समस्या र अन्य अङ्गमा असर पर्ने जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिने चिकित्सकहरूले बताएका छन्.

“यो सबै महानगर प्रहरीले गर्दा भएको हो…”

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्षअघि कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेर काठमाडौँ छिरेका थिए. तर, रोजगारी नपाएपछि उनी विगत साढे दुई वर्षदेखि भक्तपुरको कमलविनायकमा बसेर पठाओ (मोटरसाइकल राइड सेयरिङ) चलाउँदै आएका थिए. ६ वर्षअघि विवाह गरेका गणेशकी श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् र परिवारको सम्पूर्ण खर्च गणेशकै कमाइबाट चल्थ्यो.

जलनको गम्भीर घाइते बिरामीलाई कुख्यात अपराधि जस्तोगरेर किन घिसारेको?प्राथमिक उपचार छैन, एम्बुलेन्स छैन,यसरी त पशुलाई पनि घिसार्नमिल्दैन।ट्रेनिङ मात्रै होइन,मानवीयता पनि छैन।यो जलनले गणेश नेपालीलाई मात्रै पोलेको छैन,सिंगै नेपाललाई पोलेको छ। हो,आज प्रत्येक नेपालीको मनमा आगो बलेको छ। pic.twitter.com/pU1vGffQwf

— 🇳🇵शंकर- ढकाल- ९:५ (@Shankar72248842) July 9, 2026

अस्पताल ल्याइएपछि गणेशले निकै मुस्किलले उच्चारण गरेका केही शब्दहरू उनका दाजु मदन नेपालीको मनमा गहिरो गरी गढेका छन्. भक्कानिँदै मदनले भने, “उसले मलाई एउटै कुरा भन्यो– यो सबै महानगर प्रहरीले गर्दा भएको हो… आमा–बुवालाई राम्रो गर्नू। त्यसपछि उसले केही बोल्न सकेन।”

गणेशका जेठान विकास (जो आफैँ स्वास्थ्यकर्मी हुन्) का अनुसार प्रहरीले बाइक लक गरिदिएका कारण उत्पन्न विवादपछि गणेशले यस्तो आत्मघाती कदम चालेको हुन सक्ने अनुमान परिवारले गरेको छ.

ऋण वा मानसिक समस्या थिएन

गणेशका दाजु मदनका अनुसार गणेश आर्थिक ऋण वा पारिवारिक तनावका कारण यस्तो कदम चालेको व्यक्ति होइनन्. “ऊसँग ठूलो ऋण थिएन, मानसिक तनाव पनि देखेको थिइनँ। धेरै सहनशील र शान्त स्वभावको थियो, कसैसँग झगडा गर्ने बानी थिएन,” मदनले थपे. बिहीबार बिहान पनि गणेश कोठा सार्ने विषयमा कुराकानी गर्न दाजुको कोठामा पुगेका थिए र त्यतिबेला उनको व्यवहार सामान्य नै थियो. उनी विदेश जाने तयारीमा समेत थिए र केही दिनअघि मात्र दाइसँग भनेका थिए, “तपाईंभन्दा पहिले म विदेश जान्छु दाइ, तपाईं घर सम्हाल्नू।”

गणेशले आत्मदाहको प्रयास गरेपछि बिहीबार साँझ माइतीघर मण्डलामा सरकार र प्रहरीको व्यवहारविरुद्ध सर्वसाधारण र युवाहरूले प्रदर्शन समेत गरेका छन्. घटनाको वास्तविक कारणबारे अहिले सम्बन्धित सुरक्षा निकायहरूबाट अनुसन्धान भइरहेको छ.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयास: सरकारले बेहोर्ने भयो सम्पूर्ण उपचार खर्च, विशिष्टीकृत उपचारका लागि दिल्ली लगिँदै

कांग्रेसको दाबी: संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने पहिल्यै थाहा थियो

सम्बन्धित

फ्रान्सको सहज जित, एमबाप्पे र डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश

विश्वकप क्वार्टरफाइनल : मोरक्कोको रक्षात्मक खेलले फ्रान्स रोक्यो, एमबाप्पेको पेनाल्टी बचाउँदै बोनो बने पहिलो हाफका नायक

विश्वकपमा फेरि आमनेसामने फ्रान्स र मोरक्को : इतिहास के भन्छ ?

दक्षिणी इरानमा लगातार विस्फोट, अमेरिका–इरान तनाव थप चर्कियो

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल र पोखरेललाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu