ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिना यताकै न्युन बिन्दुमा शेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   २ : २४   बजे

काठमाडौं, २८ असार । नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्युन स्तरमा पुगेको हो । नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भएपनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने आशा गरिएको थियो । तर शेयर बढ्न सकेको छैन ।  

गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचा पत्रमा समेत शेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो । तर सरकार बनेको भोली पटै देखि शेयर बजार भने घट्न शुरु भएको थियो । बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा ठिक अघिल्लो दिन अर्थात चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो । तर आजको दिनसम्म आईपुग्दा भने नेप्से परिसूचक २ हजार ६ सय को बिन्दुमा आएको छ ।

यसरी हेर्दा बालेन सरकार आए यता मात्र समग्रमा ३ सय ५० अंकले घटेको छ । यो शेयर बजारको ठूलो गिरावट हो ।
नेप्से परिसूचक २६०० बिन्दुमा आएसँगै ६ महिना यताकै न्युन बिन्दुमा नेप्से आएको छ । गत पुस ९ गते २५९७ बिन्दुमा बन्द भएको थियो । त्यस यता भने भने शुक्रवार नेप्से परिसूचक २६०० बिन्दुमा आएको छ । 
यो ६ महिनाको अवधिमा नेप्से परिसूचक उच्चतम २ हजार ९ सय ७० (चैत ११ गते) पुगेको थियो । तर त्यस यता भने बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ ।  

बजेट र मौद्रिक नीतिले जगाउन सकेन उत्साह

नेप्सेमा भएको कारोबारको ट्रेण्डलाई हेर्ने हो भने बजेट पछि नै शेयर बजार घटेको देखिएको छ । लगानीकर्ताले लामो समयदेखि माग गरेको पुँजीगत लाभ करनै अन्तिम कर हुनुपर्ने भन्दै आएका थिए । व्यवहारिक रूपमा त पुँजीगत लाभ करनै अन्तिम कर भएपनि कानूनी रूपमा भने मान्यता पाएको थिएन । लगानीकर्ताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भने उक्त माग राखेका थिए । 

लगानीकर्ताको माग बमोजिमै वाग्ले पनि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा पुँजीगत लाभ करणै अन्तिम कर हुने व्यवस्था गरेका थिए । तर पनि शेयर बजार भने बढ्न सेकेको छैन । 

बजेटमा वाग्लेले शेयर बजारको सुधारका लागि भन्दै १० वटा नीतिहरु लिएका थिए । जसमा एनआरएन भित्र्याउनेदेखि नेप्सेको पुनरसंम्रचनको विषयसमेत परेको थियो । तर बजारमा भने त्यसको खास असर भने देखिएन । 

अर्थमन्त्री वाग्लेले आगामी वर्षका लागि बजेट प्रश्तुत गर्नु अगाडी जेठ १३ गते नेप्से ५ अंकले बढेर २७८२ बिन्दुमा बन्द भएको थियो । 

आगामी आ.व.को लागि जेठ १५ गते बजेट प्रश्तुत भयो । त्यसपछि भएको कारोबारमा धेरैले सकारात्मक सर्किट लेभलमा नेप्से पुग्ने अनुमान गरेका थिए । तर बजारले भने उल्टो बाटो समात्यो । बजेट पछि पहिलो कारोबार दिन नै नेप्से २६.७२ अंकले घटेर २ हजार ७ सय ५५ बिन्दुमा परिसूचक आएको थियो । 

बजेट आए यता मात्रै पनि नेप्से ८६ अंकले घटेको छ । बजेट पछाडि पूरै शेयर बजारको ट्रेन्ड हेर्ने हो भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा हरेको देखिन्छ । कारोबारमा समेत त्यस्तो उत्साह भने बजारमा देख्न सकिँदैन ।
बजेटमा राम्रो नीति आएको भएपनि केही धरपकड (व्यवसायीहरूको पक्राउ)ले गर्दा पनि लगानीकर्ता अन्योल भएकाले गर्दा बजेटपछि शेयर बजार बढ्न नसकेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् । 
‘धरपकड भएकाले लगानीकर्तामा अन्योलको स्थिति सिर्जना भयो, अब के हुन्छ कुन कम्पनी पक्राउ खाने हो भन्ने अवस्था आयो’, पाण्डेले भने, ‘बजार जहिले पनि ठूला लगानीकर्ताले बढाउने हो । ठुला लगानीकर्ता आत्तिएर बजेट पछि नबढेको हो ।’

मौद्रिक नीतिले समेत फर्काउन सकेन शेयर बजार 

बजेटपछि शेयर बजार नबढेपछि सबैको ध्यान राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा गएको थियो । तर मौद्रिक नीतिले भने शेयर बजारका लागि खासै त्यस्तो नीति केही पनि लिएको देखिएन । 

मौद्रिक नीति नै सम्भवतः इतिहासकै सबैभन्दा छोटो आएको थियो । त्यसमा पनि शेयर धितो कर्जामा राम्रो नेटवर्थ र वित्तीय अवस्था राम्रो भएको कम्पनीहरूको शेयर धितो राखेर मात्र कर्जा बढी पाइने खालको नीति आयो । 

यसले पनि शेयर बजारलाई भने खासै सकारात्मक प्रभाव पारेको देखिएको छैन । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले गत असार २३ गते मौद्रिक नीति सार्वजनिक गरेका थिए । 

मौद्रिक नीति आए यता मात्र ३ दिन शेयर कारोबार भएको छ । तर लगातार ३ नै दिन शेयर बजार भने घटेको छ । मौद्रिक नीति आय यता मात्र नेप्से ५१ अंकले घटेको छ । 

मौद्रिक नीति आउनु अघिल्लो दिन नेप्से बढेर २ हजार ६ सय ५१ बिन्दुमा पुगेको थियो तर पछि भने निरन्तर नेप्से घटेर गत शुक्रवारसम्ममा २६०० को बिन्दुमा आएको छ । 

मौद्रिक नीतिले कम्पनीको अवस्था हेरेर कर्जा विस्तार गर्ने नीति लिएको कारणले गर्दा शेयर बजार बढ्न नसकेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपाल बताउँछन् । 

‘हाम्रो शेयर बजारमा ७० प्रतिशत जति बैंक तथा वित्तीय संस्था छन् । राष्ट्र बैंकले लिने नीतिले बजारमा ठूलो प्रभाव पर्छ’, नेपालले भने, ‘अहिले त्यसैको प्रभाव परेको देखिन्छ ।’

लगानीकर्ताले राम्रो नराम्रो सबै कम्पनीको शेयर किनेर राखेको हुनाले गर्दा नराम्रो कम्पनीको शेयर राखेर कर्जा नपाइने अवस्था आएपछि मौद्रिक नीति पछि शेयर बजार घटेको नेपालको बुझाइ छ । 

लगानीकर्ताले बजेट पछाडि मौद्रिक नीतिलाई पर्खिएको तर खास त्यस्तो कुनैपनि कुरा मौद्रिक नीतिमा नआएकाले बजार घटेको पाही इन्भेष्टमेण्ट प्रालि (ब्रोकर नम्बर ७९) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल धिताल बताउँछन् । 
‘खास मौद्रिक नीतिमा शेयर बजारको लागि केही पनि आएन’, धितालले भने, ‘अहिले लगानीकर्ता धितोपत्र बोर्डतिर हेरेर बसेको अवस्था छ ।’

नेप्सेमा भएको ट्रेन्ड हेर्दा पनि धितालले भनेको कुरा मेल खान्छ । बजेटअघि र मौद्रिक नीति आउनु अघिल्लो दिनसम्म उत्तारचढावकाबीच नेप्से जम्मा २१ अंकले मात्र घटेको छ । तर मौद्रिक नीति आए यता मात्र ३ दिन कारोबार हुँदा नेप्से पूरै ५१ अंकले घटेको देखिन्छ । 
मौद्रिक नीतिले शेयर बजारको लागि राम्रो कुरा केही पनि नआए पनि नराम्रो समेत नआएको कारणले गर्दा अहिलेको घटाइको कारण मौद्रिक नीति मात्र भन्न नमिल्ने अध्यक्ष पाण्डेको भनाई छ । बजार २ हजार ६ सयको आसपासमा आएपछि लगानीकर्ताले स्टप प्लस गर्न थालेका कारणले पनि बजारमा प्रेसर आएको पाण्डेको भनाई छ । 

‘असार मसान्त क्लोजिङको बेला भएकाले गर्दा लगानीकर्तालाई बेच्नुपर्ने प्रेसर परेको पनि छ । ब्रोकरहरुले सेटलमेन्ट गर्न बेच्नका लागि भनेको अवस्था छ’, पाण्डेले भने, ‘अहिले ब्रोकरले पनि लिमिट नदिएको कारणले गर्दा पनि घटेको हो ।’
शेयर बजार धेरै हल्लाको भारमा पनि चल्ने भएकाले गर्दा पनि अहिलेको अवस्था आएको अध्यक्ष पाण्डेको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

शिक्षा क्षेत्रको विकासमा बागमती प्रदेश सक्रिय ः मुख्यमन्त्री बानियाँ

सम्बन्धित

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

एआई र सुपर कम्प्युटरको भविष्यवाणी : विश्वकपको ताज कसले उचाल्ला ? अर्जेन्टिना अगाडि, तर इंग्ल्यान्ड–स्पेन–फ्रान्सको चुनौती कायमै

खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

ऊर्जा संयन्त्रको बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि नेपाल आउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu