काठमाडौ, असार २८ गते । श्री चक्रज्योति माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

उहाँले प्रदेश सरकारले शिक्षा क्षेत्रको विकास, विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्