ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षको आरोपको जवाफ दिनुभन्दा नियमापत्तिमा केन्द्रित देखियो रास्वपा, संसद्मा चर्कियो आरोप–प्रत्यारोप


एबीसी न्यूज
३० असार २०८३, मंगलबार   १२ : ५३   बजे

काठमाडौं  — प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारमाथि प्रतिपक्षले उठाएका गम्भीर प्रश्नको प्रतिवाद गर्नुभन्दा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू विपक्षी अभिव्यक्तिमाथि नियमापत्ति जनाउन केन्द्रित देखिएका छन्। सुकुम्बासी होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र प्रमुख प्रतिपक्षी दलका नेताको घरअगाडि शंकास्पद सवारी पार्किङलगायतका विषयमा प्रतिपक्षले सरकारसँग जवाफ मागिरहँदा रास्वपाले ती आरोपको तथ्यगत प्रतिवादभन्दा संसदीय भाषामाथि आपत्ति जनाएको हो।

प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले न्युरोडलगायतका क्षेत्रमा सडक अवरोध, मिडिया हाउसअगाडि गाडी तेर्स्याउने तथा प्रमुख प्रतिपक्षी नेता गगन थापाको घरअगाडि शंकास्पद सवारी पार्किङ गरिनु राज्य संरक्षणमा भएको गतिविधि भएको आरोप लगाए। उनले यस्ता घटनाले नागरिकमा त्रास फैलाएको दाबी गर्दै घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।

मल्लको अभिव्यक्तिपछि रास्वपाकी सांसद टिका संग्रौलाले तत्काल नियमापत्ति जनाइन्। उनले कुनै व्यक्तिको गतिविधिलाई आधार बनाएर “राज्यले परिचालन गरेको” भन्ने शब्द प्रयोग गर्नु सम्पूर्ण राज्यको प्रतिष्ठामाथि आघात पुग्ने अभिव्यक्ति भएको दाबी गरिन्। प्रतिनिधिसभा नियमावलीको नियम २१ को व्यवस्थाको उल्लेख गर्दै उनले राज्यको अपमान हुने अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको बताइन्।

संग्रौलाले यदि राज्य नै संलग्न रहेको आरोप हो भने त्यसको प्रमाण संसद्मा प्रस्तुत गर्नुपर्ने माग गर्दै सरकारले घटनाको अनुसन्धान र कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा त्यसलाई विश्वास गर्नुपर्ने धारणा राखिन्।

यसैबीच नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारमाथि थप आक्रामक टिप्पणी गर्दै सुकुम्बासी होल्डिङ सेन्टर, गणेश नेपाली प्रकरण, मिडिया हाउस तथा गगन थापाको घरअगाडि भएको शंकास्पद गतिविधिलाई सरकारको कार्यशैलीसँग जोडेर आलोचना गरे। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई “श्री ८” सँग तुलना गर्दै सरकार प्रधानमन्त्रीलाई संविधान र कानुनभन्दा माथिको व्यक्तित्वका रूपमा स्थापित गर्न खोजिरहेको आरोप लगाए।

राईको उक्त अभिव्यत्तिपछि रास्वपाका सांसद शिव शंकर यादवले पनि नियमापत्ति जनाउँदै प्रधानमन्त्रीलाई “श्री ८” भनेर सम्बोधन गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको भावना र संसदीय मर्यादाविपरीत भएको बताए। उनले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरे।

मंगलबारको बैठकमा प्रतिपक्षले सरकारसँग सुरक्षा, सुशासन र पछिल्ला विवादित घटनाबारे स्पष्ट जवाफ मागे पनि सत्तापक्षका सांसदहरूले विपक्षीको भाषाशैली र शब्द चयनमाथि नियमापत्ति जनाउन प्राथमिकता दिएका कारण सदनमा आरोप–प्रत्यारोप थप चर्किएको देखिएको छ। यसले सरकारमाथि उठाइएका मूल राजनीतिक प्रश्नभन्दा संसदीय प्रक्रियासम्बन्धी विवादले बढी स्थान पाएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu