सहकारीको पैसा दुरुपयोग गरेको भए कठोर सजाय भोग्नुपर्छ ः बागमती प्रदेश , मुख्यमन्त्री बाँनिया
काठमाडौ , असार ३० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले सहकारी पिडितले आफनो बचत फिर्ता पाउन सफल भएको भन्दै बधाई दिनुभएको छ । आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा भएको कार्यक्रममा उहाले पिडितहरुले आफनो बचत फिर्ता लिन सफल भएमा बधाई दिनुभएको हो ।

समस्याग्रस्त पाँच सहकारी संस्थाका साना बचतकर्ताहरको दशदेखि एक लाखसम्मको बचत फिर्ता गरिएको मुख्यमन्त्री बानियाले बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो , नागरिकले सहकारीमा विश्वास गरेर राखेको पैसा राज्यले अनुगमन नगर्दा यो दिन आयो । राज्य जिम्मेवार र उत्तरदायी भए सहकारी पिडितको बचत फिर्ता गर्न समस्या हुदैन । सहकारीलाई विश्वास गरेर नागरिकले पैसा बचत गरेको हुदा बागमती प्रदेशको समन्वयमा पिडितहरुको बचत फिर्ता शुभारम्भ गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै उहाले सहकारीबाट ऋण लिने ऋणीलाई सहकारीको ऋण र्तिन आग्रह गर्नुभएको छ ।

ऋण तिर्न अप्ठेरो भए विविध उपाय र बागमती प्रदेशले सहजीकरण गरिदिने उहाले बताउनुभयो । ऋण तिर्न नआए पछि आफनै तिन पुस्तालाई अप्ठेरो पर्ने भन्दै ऋण तिर्न उहाले आग्रह गर्नुभएको छ । सहकारीको पैसा दुरुपयोग भएको भए कठोर सजाय भोग्नुपर्ने पनि उहाले बताउनुभयो ।


















प्रतिक्रिया दिनुहोस्