ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी


एबीसी न्यूज
३१ असार २०८३, बुधबार   २ : ४७   बजे

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर जारी विवाद अझै समाधान हुन सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा स्पष्ट धारणा सार्वजनिक नगरेसम्म आफ्नो विरोध कायमै रहने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी आफ्नो अभिव्यक्तिबारे सरकारको आधिकारिक धारणा संसद्मा प्रस्तुत गर्नुपर्ने माग गरे।

“सम्माननीय प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा सरकारले संसद्मा स्पष्ट धारणा प्रस्तुत गर्नुपर्छ। त्यो नआएसम्म प्रतिपक्षको तर्फबाट विरोध जारी रहने कुरा जानकारी गराउन चाहन्छु,” शाहीले प्रतिनिधिसभा बैठकमा भने।

प्रधानमन्त्रीको अभिव्यक्तिले चर्किएको विवाद

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले त्यसलाई गम्भीर विषय भन्दै सरकारसँग स्पष्टीकरण माग्दै आएका छन्।

‘तथ्य प्रस्तुत गर वा माफी माग’

विपक्षी दलहरूको भनाइमा प्रधानमन्त्रीले यस्तो संवेदनशील विषयमा दिएको अभिव्यक्ति तथ्यमा आधारित भए त्यसको प्रमाण सार्वजनिक गर्नुपर्छ। यदि त्यस्तो तथ्य प्रस्तुत गर्न नसकिने हो भने प्रधानमन्त्रीले संसद्मा माफी माग्नुपर्ने उनीहरूको माग छ।

यसै विषयलाई लिएर विपक्षी सांसदहरूले पछिल्ला दिनहरूमा प्रतिनिधिसभाको बैठकमा निरन्तर विरोध जनाउँदै आएका छन्।

संसद्मा अवरोध कायम

सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण संसद्को नियमित कार्यसूचीसमेत प्रभावित हुँदै आएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको औपचारिक जवाफ नआएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने अडान दोहोर्याएका छन्। यसले संसद्को कार्यसञ्चालन र विधेयकहरूको छलफलमा समेत प्रभाव पर्ने देखिएको छ।

सरकारका तर्फबाट भने प्रधानमन्त्रीको अभिव्यक्तिबारे हालसम्म संसद्मा औपचारिक स्पष्टीकरण प्रस्तुत गरिएको छैन। विपक्षीले भने सरकारले चाँडै स्पष्ट धारणा सार्वजनिक गरी विवाद अन्त्य गर्नुपर्ने माग दोहोर्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu