काठमाडौं, ३१ असार । नेकपा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाएकी छिन्।
बुधबारको प्रतिनिधि सभाको बैठकमा उनले सीमाका जङ्गे पिल्लरहरू सारिँदा त्यहाँका जनताले असुरक्षित महशुस गरिरहेको उल्लेख गर्दै उनले सुस्ता लगायतका क्षेत्रमा नेपाली नागरिकले भारतीय पक्षसँग एक्लै लड्नुपर्ने अवस्था रहेको बताइन्।‘सीमा क्षेत्रका नागरिकलाई आतंकित बनाएको तर सरकारको बेवास्ताले मन कटक्क खान्छ।
सभामुख महोदय सीमाको जङ्गे पिलर खिइँदै जादा त्यहाँका जनता राति सुत्दा नेपाल र बिहान उठ्दा भारतको हुँदा कसरी बस्नुभएको होलारु’ उनले भनिन्, ‘भारतीय सेनासँग सुस्तामा नागरिक लडिरहेको देख्दा धिक्कार छ नेपाली सेना र नेपाल सरकारलाई, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय त जोगाएन जोगाएन। देशको सीमा रक्षाको लागि नपठाउने नेपाली सेना के को लागि हो सरकार?’’
श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत् रहेको बताइन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र आपत्तिजनक रहेको दोहोर्याइन्।
‘जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीज्युले दिनुभएको राष्ट्रघाती आपत्तिजनक छ। यो अभिव्यक्ति सच्याइनुपर्छ भन्ने हाम्रो माग जारी छ । भारतले हाम्रो भूमि फिर्ता गर भन्यो भने कहाँको दिनुहुन्छरु कि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजेको हो रु’, उनले भनिन्।
सरकारले भ्रष्टाचार नियन्त्रण र कारबाहीको नाममा ‘नाटक’ गरिरहेको टिप्पणी गर्दै उहाँले गरिब र सुकुम्बासीका बस्तीमा डोजर चलाएर जनतालाई उठिबास लगाएकोमा आक्रोश व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय सडकमा देखिएका आन्दोलन र प्रदर्शनहरूमाथि पनि संशय व्यक्त गरिन्।







प्रतिक्रिया दिनुहोस्