ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो


एबीसी न्यूज
१ श्रावण २०८३, शुक्रबार   ९ : १६   बजे

काठमाडौं, १ साउन । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शुक्रबार) पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी, कोसी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार दिउँसो पहाडी भूभाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। रातिको समयमा पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका अधिकांश स्थानमा तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेको छ। भक्तपुरस्थित हनुमन्ते खोला र काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीको सतह बढिरहेको भन्दै आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा औसतभन्दा केही माथि र पूर्वी क्षेत्रमा औसत स्थान आसपास रहेकाले धेरै स्थानमा वर्षा भइरहेको हो।

निरन्तर वर्षाका कारण केही नदीमा बाढीको जोखिम बढेको छ भने विभिन्न सडकखण्डमा पहिरो र अवरोधसमेत देखिएको छ। विभागले नदी किनार, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu