ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ


एबीसी न्यूज
१ श्रावण २०८३, शुक्रबार   ७ : २८   बजे

काठमाडौं, १ साउन । मुलुकमा आज (शुक्रबार) देखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको आर्थिक गतिविधिलाई गति दिन र सेयर बजारको स्थायित्वका लागि नेपाल राष्ट्र बैङ्कलाई मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार राष्ट्र बैङ्कका गभर्नर डा। विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्रीले उक्त आग्रह गरेका हुन्।

यस पटकको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ चार खर्ब ३१ अर्ब ९० करोड र वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब ६४ करोड रुपियाँ विनियोजन गरेका छन्।

बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छुटको सीमा वार्षिक १० लाख रुपियाँ पुर्‍याइएको छ भने कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि गरिएको छ।

त्यस्तै, डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम तुरुन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर (PAN)  अनिवार्य, र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप तीन प्रतिशत समता शुल्क लागु गर्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu