काठमाडौ, साउन १ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले ६ वटा मन्त्रालय खारेज गर्नुभएको छ । उहाँले १४ वटाबाट ८ वटा मात्रै मन्त्रालय कायम गर्नुभएको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्यविभाजनको सिफारिस गर्नुभएको छ । बानियाँले ८ वटा मन्त्रालय कायम गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई विना विभागीय जिम्मेवारी तोक्न सिफारिस गर्नुभएको हो । सिफारिस अनुसार कांग्रेस र एमालेका ६ जना मन्त्रीहरू अब विना विभागीय जिम्मेवारीमा रहने भएका हुन् । मन्त्रीहरू किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेललाई बिना विभागीय बनाइएको छ। गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था अनु्सार आज उक्त निर्णय कार्यान्वयन गरिएको हो


















प्रतिक्रिया दिनुहोस्