काठमाडौं, १ साउन । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना पाइलटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदित्य कसजु छन् । उनलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।
कसजुमाथि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ । बुद्ध एयरमा कार्यरत कसजुले आवेशमा आएर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनी केही दिनअघि पक्राउ परेका हुन् ।







प्रतिक्रिया दिनुहोस्