काठमाडौं, १ साउन । संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने भएको छ । उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई ६० दिनभित्र विवरण बुझाउन भनिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को ९१० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा ९१०को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।







प्रतिक्रिया दिनुहोस्