ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले विगतका गल्ती दोहोराउदैन । ः कांग्रेस सभापति गगन थापा


एबीसी –न्युज
३ श्रावण २०८३, आइतबार   १२ : १०   बजे


काठमाडौ, साउन ३ गते । ४४ औ वि.पी स्मृति सप्ताहको प्रारम्भमा नयाँ पुस्तासंग सभापति गगन थापाको साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस ललितपुरद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अथिति कांग्रेस सभापति गगन थापा र विशेष अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय नेपाली राजनीतिमा मौलाउँदै गएको सत्ता–केन्द्रित प्रवृत्तिले राजनीतिक दलहरूको विश्वसनीयता र जनविश्वासमा गम्भीर क्षति पुगेको बताउनुभयो । उहाँले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल एकाएक सत्तापक्ष बन्ने राजनीतिक प्रवृत्तिले लोकतन्त्रको मूल मर्ममाथि नै प्रश्न उठाएको उल्लेख गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, “सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा नेपाली कांग्रेस सहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको छ । जनताले राजनीतिक दललाई केवल सरकार बनाउन होइन, लोकतान्त्रिक मूल्य, सिद्धान्त र जनताको हितको रक्षाका लागि मत दिएका हुन्छन्।“ उहाँले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताका कारण राजनीतिक दलहरूको वैचारिक पहिचान नै संकटमा परेको उल्लेख गर्दै अब राजनीतिक दलहरूले सरकार गठन र सत्ता टिकाउने खेलमा मात्र सीमित नरही नागरिकको मतादेश र लोकतान्त्रिक मूल्य–मान्यताप्रति इमानदार हुनुपर्नेमा जोड दिनुभयो ।


प्रदेश सरकारको सन्दर्भमा उठेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै सभापति थापाले भन्नुभयो, “प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। विगतका गल्ती दोहोर्याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ।“ तीन दल मिलेर सरकार गठन गर्नु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु सरह हुने उल्लेख गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सरकार जति बलियो हुनुपर्छ, त्यत्तिकै प्रभावकारी र सशक्त प्रतिपक्ष पनि आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सरकारमा सहभागी हुनु मात्र नेपाली कांग्रेसको उद्देश्य नरहेको स्पष्ट पार्दै जनताको विश्वास, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण नै पार्टीको मूल दायित्व भएको बताउनुभयो। सभापति थापाले चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कै दलसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिकामा अन्योल सिर्जना भएको उल्लेख गर्दै भन्नुभयो, “अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्छ। जनताले दिएको मतको सम्मान गर्नु नै लोकतन्त्रप्रतिको सच्चा सम्मान हो।“ कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण नेपाली कांग्रेस जिल्ला कार्यालय, ललितपुरको प्राङ्गणमा निर्मित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोह रहेको थियो। नेपाली राजनीतिमा सादगी, नैतिकता, त्याग र लोकतान्त्रिक संस्कारका अनुपम उदाहरण सन्त नेता भट्टराईको योगदानलाई स्मरण गर्दै उहाँको सालिक अनावरण गरिएको हो। उहाँले स्थापित गर्नुभएको राजनीतिक संस्कार र सार्वजनिक जीवनमा अपनाउनुभएको नैतिक आदर्श आजको पुस्ताका लागि प्रेरणाको स्रोत रहेको वक्ताहरूले बताएका थिए। त्यसैगरी, “नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति“ विषयक साक्षात्कार कार्यक्रममा युवा पुस्ताले लोकतन्त्र, सुशासन, रोजगारी, शिक्षा, समकालीन राजनीति तथा नेपाली कांग्रेसको भावी कार्यदिशासम्बन्धी विविध जिज्ञासाहरू राखेका थिए। सभापति थापाले नयाँ पुस्ताको अपेक्षाअनुरूप नेपाली कांग्रेसलाई वैचारिक रूपमा अझ सशक्त, जनउत्तरदायी र समयसापेक्ष बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लोकतन्त्रको भविष्य युवाहरूको सक्रिय सहभागिता र राजनीतिक चेतनासँग जोडिएको उल्लेख गर्दै राष्ट्र निर्माणको अभियानमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो।


४४ औँ वि.पी. स्मृति सप्ताहको प्रारम्भसँगै आयोजित यस कार्यक्रमले वि.पी. कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त, सन्त नेता कृष्णप्रसाद भट्टराईको नैतिक राजनीतिक आदर्श तथा नयाँ पुस्ताको लोकतान्त्रिक आकाङ्क्षाबीच सशक्त सेतु निर्माण गरेको विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले नेपाली कांग्रेसलाई वैचारिक रूपमा थप सुदृढ बनाउनुका साथै लोकतान्त्रिक मूल्य–मान्यताप्रति युवापुस्ताको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu