काठमाडौं । फिफा निलम्बन फुकुवा भएमात्र नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्न पाउने भएको छ ।
शनिबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको थियो । सोही कार्यक्रममा साफले आगामी सेप्टेम्बर ३० सम्म फिफा निलम्बन फुकुवा भएमात्र नेपालले प्रतियोगिता खेल्न पाउने जनाइएको हो ।
निलम्बनकै कारण टाईसिट ड्र मा नेपाललाई सहभागी गराइएको थिएन ।
साफका अनुसार निलम्बन फुकुवा भए नेपालले दुवै समूहमध्ये एक समूहको अन्तिम टोलीको रूपमा च्याम्पियनसिप खेल्नसक्ने छ ।
शनिबार सम्पन्न टाइसिट ड्र मा समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान परे । त्यसैगरी समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान छन् ।
यस संस्करणको आयोजना गर्ने जिम्मेवारी बंगलादेशलाई दिइएको छ । प्रतियोगिता आगामी नोभेम्बर ४ देखि १७ सम्म छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्