ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित


एबीसी न्यूज
१२ श्रावण २०८३, मंगलबार   ७ : ४०   बजे

काठमाडौं, १२ साउन । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ ।नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल नामिवियासँग ३ रनले पराजित भएको हो । २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले ४५ रन, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४ तथा गुल्शन झाले अविजित १९ रन बनाए ।
नामिवियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमनले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिवियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो । जान फ्रायलिंकले १४९ बलमा शतक पूरा गरे । लाउरेन स्टिनकाम्पले ५९ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् ।

यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग ६ विकेटले र नामिवियासँग ८ विकेटले पराजित भएको थियो । लगातार तेस्रो हारसँगै नेपालका लागि लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ ।

नेपालले अब शृङ्खलाको अन्तिम खेल भोलि आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केयूले केही दिनमै नयाँ उपकुलपति पाउँदै, तीन नाम प्रधानमन्त्रीसमक्ष सिफारिस

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सम्बन्धित

लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीचको साझेदारी निरन्तर

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu