काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति उनले हार्दिक समवेदना प्रकट गरेका छन् ।
शनिबार (साउन १६) अपराह्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् । “निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उनले भनेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्