ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ले सोमबार सार्वजनिक शोक बिदा घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष भरतकुमार पुन ले जारी गरेको सूचनाअनुसार साउन १८ गते सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालय बन्द रहनेछन्।

सूचनामा पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित १० जना आरोहीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

गाउँपालिकाले निर्मल पुर्जाले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याएको, नेपाली पर्वतारोहीको पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने जनाएको छ।

उता, पाकिस्तानमा दुर्घटनामा परेका आरोहीहरूको शव सुरक्षित रूपमा तल ल्याउने उद्धार अभियान जारी रहेको छ। उद्धार टोलीले शवहरू क्रमशः क्याम्प–१ तर्फ ल्याइरहेको र मौसम अनुकूल भए हेलिकोप्टरमार्फत थप उद्धार गरिने तयारी भइरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

विदेशको दुःखपछि गाउँमै सफलता: ढोरपाटनमा घोडाचढी व्यवसायबाट मासिक ३५ हजार आम्दानी

कीर्तिमानी यात्रामा हिमपहिरो

ब्रोड पिकको काखमा अस्ताएका कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन् ?

श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री बालेनले भने– निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ

ब्रोड पिकमा निर्मल पुर्जासहित १० आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu