ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका स्थानीय महिलालाई गहुँको छ्वाली (परालको माथिल्लो भाग) बाट कलात्मक सामग्री निर्माण गर्न तीन महिने उन्नत हस्तकला तालिम सुरु गरिएको छ।

लुम्बिनी विकास कोष र युएनडिपीको सहयोगमा सञ्चालन भएको तालिमको उद्देश्य खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउँदै स्थानीय महिलालाई उद्यमशील बनाउनु हो।

यसअघि सम्पन्न १५ दिने आधारभूत तालिमपछि सहभागीको उत्साह र उपलब्धिलाई मध्यनजर गर्दै दोस्रो चरणको उन्नत तालिम सञ्चालन गरिएको हो। ३५ वर्षभन्दा बढी अनुभव भएका प्रशिक्षक सीताराम गोसाईंले ‘थ्री–डी’ प्रविधिमार्फत बुद्धका आँखा, धर्मचक्र, गौतम बुद्धको शीर, मायादेवी मन्दिर र बुद्धको बज्रजस्ता कलाकृति बनाउन प्रशिक्षण दिइरहेका छन्।

प्रशिक्षक गोसाईंले लुम्बिनीका उपहार पसलमा विदेशी सामग्रीको बाहुल्यता रहेको उल्लेख गर्दै स्थानीय स्रोतबाट निर्मित हस्तकलाले लुम्बिनीको मौलिक पहिचान प्रवर्द्धन गर्ने बताए। उनले विगतमा जलाइने गहुँको छ्वालीलाई अब आर्थिक आम्दानीको स्रोतमा रूपान्तरण गर्न सकिने बताए।

तालिममा सहभागी निर्मला चौधरीले आधारभूत तालिमपछि नै पाँच सयदेखि एक हजार दुई सय रुपैयाँसम्मका सामग्री बिक्री गर्न सफल भएको बताउँदै यसले घरमै बसेर आत्मनिर्भर बन्ने आत्मविश्वास बढाएको सुनाइन्। सहभागीहरूले गहुँको छ्वालीबाट बुद्धसम्बन्धी विभिन्न कलाकृति बनाउन सिकिरहेको बताएका छन्।

तालिममा छ्वाली सङ्कलन, प्रशोधन, संरक्षण तथा दीर्घकालीन रूपमा प्रयोगयोग्य बनाउने प्रविधिसमेत सिकाइँदैछ। लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि स्थानीय उत्पादनलाई आकर्षक कोसेलीका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस तालिमले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउनुका साथै लुम्बिनीको सांस्कृतिक तथा धार्मिक पहिचानलाई हस्तकलामार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट सफलता, विद्यार्थीले बनाए राष्ट्रिय र विश्वस्तरीय कीर्तिमान

विद्यालय तहमै संयुक्त राष्ट्रसंघको अभ्यास, पोखरामा ६ जिल्लाका ३०० विद्यार्थी सहभागी

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको भवनबाट हामफालेर मृत्यु

तनाब व्यवस्थापन र जीवन जीउने कलाबारे प्रशिक्षण

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu