चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा सोमबार बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ। हाल उक्त सडकमा एकतर्फी मात्रै सवारी आवागमन सञ्चालन भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार ढुङ्गा पन्छाउने काम तत्काल सुरु गरिएको छ। थप ढुङ्गा नखसे केही समयमै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
पहिरोको उच्च जोखिम रहेको यस सडकखण्डमा यात्रा गर्दा अत्यन्त सावधानी अपनाउन ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.













प्रतिक्रिया दिनुहोस्