ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक, धेरै भारतीय


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ४ : ४५   बजे

काठमाडौं । चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि देखिएसँगै अघिल्लो वर्षको तुलनामा नेपालमा सन् २०२६ को जुलाई महिनामा कुल विदेशी पर्यटक आगमन बढेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार, जुलाईमा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल आएका छन् । यो सन् २०२५ को सोही महिनाको ७० हजार १९३ जनाको तुलनामा २.३ प्रतिशत बढी हो । मनसुनको मध्ययाम मानिने जुलाईमा पनि पर्यटक आगमन सकारात्मक रहनुलाई पर्यटन क्षेत्रले उत्साहजनक संकेतका रूपमा लिएको छ ।

जुलाईमा सबैभन्दा उल्लेख्य वृद्धि चिनियाँ बजारबाट देखिएको छ । उक्त महिनामा चीनबाट ११ हजार ९९ पर्यटक नेपाल आएका छन् । जबकि अघिल्लो वर्ष जुलाईमा यो संख्या ६ हजार ८९० थियो । यसले वार्षिक आधारमा ६१.०९ प्रतिशतको वृद्धि देखाउँछ । सन् २०१९ जुलाईमा चीनबाट १० हजार २१५ पर्यटक आएको तथ्यांकलाई समेत यस वर्षको आगमनले ८.६५ प्रतिशतले उछिनेको छ । यससँगै चिनियाँ पर्यटक आगमन कोभिड–१९ अघिको स्तरभन्दा माथि पुगेको देखिएको छ ।

पर्यटकको सबैभन्दा ठूलो स्रोत बजार भने भारत नै बनेको छ । जुलाईमा भारतबाट २३ हजार ४९० पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको ३२.७३ प्रतिशत हो । त्यसपछि अमेरिका तेस्रो स्थानमा रहेको छ, जहाँबाट ७ हजार ७५४ पर्यटक आएका छन् । त्यस्तै बंगलादेशबाट चार हजार १७९, बेलायतबाट तीन हजार ७७३ र अस्ट्रेलियाबाट दुई हजार ४२८ पर्यटक नेपाल आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा धेरै २९ हजार ७५५ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, अघिल्लो वर्ष जुलाईको ३३ हजार ७८७ जनाको तुलनामा यो संख्या ११.९३ प्रतिशतले घटेको हो । सार्क मुलुकमध्ये भुटानबाट ९९१, श्रीलंकाबाट ५८१, पाकिस्तानबाट ४७५ र माल्दिभ्सबाट ३९ पर्यटक नेपाल आएका छन् ।

दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट भने आगमन उल्लेख्य रूपमा बढेको छ । जुलाईमा यस क्षेत्रबाट १७ हजार ४२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा १३ हजार ५२ पर्यटक आएका थियो । यस आधारमा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको देखिन्छ ।

चीनपछि दक्षिण कोरियाबाट एक हजार ३९४, मलेसियाबाट एक हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ पर्यटक नेपाल आएका छन् ।

युरोपबाट जुलाईमा ९ हजार २७९ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९३ प्रतिशत हो । युरोपेली मुलुकमध्ये बेलायतबाट सबैभन्दा धेरै ३ हजार ७७३ पर्यटक आएका छन् । त्यसपछि जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रुसबाट ४६७ पर्यटक नेपाल आएका छन् ।

यसैगरी अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसिनियाबाट दुई हजार ६७, मध्यपूर्व (खाडी) बाट ७३६ तथा अफ्रिकी मुलुकबाट ३२४ पर्यटक नेपाल आएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायमाआस्था बढाउन बेञ्चमा बस्नेकै जिम्मेवारी : प्रधानन्यायाधीश

सुकुम्वासीसम्बन्धी प्रस्तावमाथि मंगलबार प्रतिनिधिसभामा छलफल

सम्बन्धित

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?

शिश महल

जलजला : रोल्पाको चारै ऋतुमा फरक रूप

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

विदेशको दुःखपछि गाउँमै सफलता: ढोरपाटनमा घोडाचढी व्यवसायबाट मासिक ३५ हजार आम्दानी

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu