ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ३ : २५   बजे
काठमाडौं । सरकारले ८२ जना व्यक्ति तथा संस्थाबाट उठाउन बाँकी रकम ३ अर्ब ४२ करोड ९ लाख ९५ हजार ४४९ रुपैयाँ पुगेको छ । यो रकममध्ये ठूलो हिस्सा अदालती मुद्दामा अल्झिएका क्यासिनो सञ्चालक र निर्माण व्यवसायीको बक्यौता रहेको छ ।
कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयका प्रमुख लावन्यराज दाहालका अनुसार, उठाउन बाँकी रकममा २ अर्ब ६ करोड ५६ लाख ८८ हजार ९१२ रुपैयाँ साँवा र १ अर्ब ३५ करोड ५३ लाख ६ हजार ५३७ रुपैयाँ ब्याज छ । गत आर्थिक वर्ष २०८२/८३ मा यसमध्ये १ करोड ४२ लाख ३६ हजार रुपैयाँ मात्र असुल भएको हो ।
“ठूलो रकम मुद्दा मामिलाका कारण रोकिएको छ,” दाहालले भने, “जसबाट ठूलो रकम उठाउनुपर्ने छ, त्यही विषयमा उनीहरूले अदालतमा मुद्दा दायर गरेका छन् । अदालतबाट फैसला नआएसम्म हामी अघि बढ्न मिल्दैन ।”
क्यासिनो रोयल्टी : सबैभन्दा ठूलो बक्यौता
उठाउन बाँकी रकममध्ये सबैभन्दा ठूलो हिस्सा क्यासिनो सञ्चालकको रोयल्टी बक्यौता हो । क्यासिनो सञ्चालकहरूसँग मात्र २ अर्ब २४ करोड ६६ लाख एक हजार ७५८ रुपैयाँ उठाउन बाँकी छ ।
सरकारले नयाँ क्यासिनो नियमावली २०७० बमोजिम रोयल्टी नतिर्ने क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो । २०७१ वैशाखमा ८ वटा क्यासिनो बन्द गरिए पनि सञ्चालकहरू सर्वोच्च अदालत गए । अदालतले अन्तरिम आदेश दिएपछि क्यासिनोहरू सञ्चालनमा छन्, तर रोयल्टी भने उठ्न सकेको छैन ।
पर्यटन विभागले रकम उठाउन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयलाई जिम्मा दिएको हो ।
मुख्य क्यासिनो बक्यौतादारहरू :
  • नेपाल रिक्रिएसन सेन्टर प्रा.लि. (राकेश बाधवाल) : १ अर्ब ७ करोड ६७ हजार ८५५ रुपैयाँ
  • दि फुलवारी लि., पोखरा (नुरा श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य, आन्टु श्रेष्ठ, गंगा अमात्य, पियुषबहादुर अमात्य र सन्जु अमात्य राजभण्डारी) : ४९ करोड ३३ लाख २८ हजार ९६४ रुपैयाँ
  • होटल याक एण्ड यती प्रा.लि. (राधेश्याम सराफ) : २३ करोड ७५ लाख रुपैयाँ
  • अन्नपूर्ण इन्टरनेशनल प्रा.लि. (नरेन्द्रलाल प्रधान, ईश्वरीप्रसाद श्रेष्ठ, कल्पदिप राई, जोत्सना बस्नेत र तप्तबहादुर विष्ट) : २३ करोड ३८ लाख ३० हजार ३५१ रुपैयाँ
  • होटल एभरेष्ट इन्टरनेसनल प्रा.लि. (मशकुर अहमद लारी) : २० करोड ७१ लाख २५ हजार रुपैयाँ
  • ह्यापी आवर प्रा.लि. (सुरेन्द्रबहादुर सिंह) : ४७ लाख ४९ हजार ५८७ रुपैयाँ
ठेकेदारको बक्यौता पनि उठ्न सकेन
सरकारले ठूला आयोजनाका ठेकेदारसँग पनि ठूलो रकम उठाउन सकेको छैन । सम्झौताबमोजिम काम नगरेपछि ठेक्का भंग गरिएका केही मुख्य बक्यौतादारहरू :
  • सप्तकोशी जलाधार निर्माण कम्पनी प्रा.लि. (पूर्व कोशी एण्ड न्यौपाने निर्माण सेवा) र पप्पु कन्ट्रक्सन प्रा.लि. (सुनिल रौनियार) : ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ (रोल्पाको शहिदमार्ग सडक योजनाअन्तर्गत काँक्रीमैकोट सडक सुधार, आ.व. २०७३/७४)
  • पप्पु कन्स्ट्रक्सन प्रा.लि. (सुमित रौनियार) : ३ करोड ५० लाख २१ हजार १७९ रुपैयाँ (डोण्डा खोला पुल, आ.व. २०७१/७२)
  • श्री स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (गणेशप्रसाद भेटवाल, हरिवंश भेटवाल, बिजुला भेटवाल, दिलकुमारी थापा मगर, विष्णुहरि ओझा, रामेश्वर राई) : १ करोड २० लाख ८० हजार ७१९ रुपैयाँ
  • एम.एम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (मुकुन्दप्रसाद गौतम) : २ करोड ८८ लाख २२ हजार ४३४ रुपैयाँ (नारायणगढ–हेटौंडा सडक उपभोग दस्तुर संकलन) र अर्को एक्क ठेक्काबापत १ करोड २५ लाख २ हजार रुपैयाँ
  • सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (ऋषिराम ढुंगाना, अनन्त सिंखडा, प्रशुन घिमिरे, दिनेश पौडेल, सुरेन्द्रप्रसाद फुयाल, हरिप्रसाद सुवेदी, हरिश्चन्द्र पौडेल) : ४ करोड ४५ लाख ५३ हजार ६५४ रुपैयाँ (तनहुँको मादी नदी र कास्कीको विजयपुर खोलाको पुल निर्माण)
  • नताशा निर्माण सेवा (ईश्वर रिमाल) : २ करोड ७ लाख १६ हजार ४८५ रुपैयाँ
  • के.आर. कन्स्ट्रक्सन प्रा.लि. (अभिनाश राना) : १ करोड ३५ लाख ७० हजार ८५७ रुपैयाँ
  • यादव कन्स्ट्रक्सन (मोती यादव) : १ करोड २४ लाख ९ हजार ९६३ रुपैयाँ
  • लोकप्रिय निर्माण सेवा (सुशिल कार्की, सुनिल कार्की) : १ करोड २८ लाख ११ हजार १०३ रुपैयाँ
  • पन्चुधारामाई सप्लायर्स (शंकरकुमार दाहाल) : १ करोड २५ लाख ४ हजार ६५५ रुपैयाँ
  • खड्गदेवी कन्ट्रक्सन (डिलबहादुर गुरुङ) : १ करोड ६९ लाख ९३ हजार ९२५ रुपैयाँ (दमौली–केशवटार–शुखौरा सडक)
  • वीरेन्द्रकुमार यादव (गोलबजार नगरपालिका–८) : १ करोड ९९ लाख ९९ हजार ९६९ रुपैयाँ (हाटबजार ठेक्का)
५० वर्षदेखि उठ्न नसकेको सापटी
कार्यालयको तथ्याङ्कअनुसार उठाउन बाँकी सबैभन्दा पुरानो रकम २०२५ सालको हो । ललितपुरका तारा मानन्धरले २०२५ फागुन ९ गते घर किन्न १० हजार ८० रुपैयाँ सापटी लिएका थिए । साँवा र ब्याज गरी अहिले १४ हजार १३० रुपैयाँ उठाउन बाँकी छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मतीको सत्ता राप्रपाको ‘होल्ड’मा : निर्णय नजुट्दा सरकार गठन अन्योल !

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?

सम्बन्धित

शिश महल

जलजला : रोल्पाको चारै ऋतुमा फरक रूप

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

विदेशको दुःखपछि गाउँमै सफलता: ढोरपाटनमा घोडाचढी व्यवसायबाट मासिक ३५ हजार आम्दानी

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा

कीर्तिमानी यात्रामा हिमपहिरो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu