ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायमाआस्था बढाउन बेञ्चमा बस्नेकै जिम्मेवारी : प्रधानन्यायाधीश


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ६ : ०५   बजे

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्न बेञ्चमा रहनेको ठूलो जिम्मेवारी हुने बताएका छन् ।

उच्च अदालत पाटनद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रमको समापन सत्रलाई आइतबार (साउन १७) सम्बोधन गर्नेक्रममा डा.शर्माले उक्त निर्देशन दिएका हुन् ।

उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, टेकप्रसाद ढुंगाना, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, उच्च र जिल्ला अदालतका न्यायाधीश, सर्वोच्चका मुख्य रजिस्ट्रार, रजिस्ट्रार, उच्च अदालत पाटनका रजिस्ट्रार, जिल्ला अदालतका श्रस्तेदारलगायतको उपस्थिति थियो ।

“न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्न सर्वप्रथम न्यायाधीश अर्थात् बेञ्चमा रहनेको नै ठूलो जिम्मेवारी रहन्छ । न्यायाधीशमा हुनुपर्ने गुण, उत्तरदायित्व र आचरणलाई व्यवहारमा उतार्नुपरेको छ,” प्रधानन्यायाधीश शर्माले भने ।

न्यायिक सुशासन, पारदर्शिता र सबै प्रकारका विकृतिका विरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्न गम्भीर र संवेदनशील रहनसमेत उनले ध्यानाकर्षण गरेका थिए । संविधानले नै न्याय प्रशासनको अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशमा र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशका हकमा समेत तहगत भूमिका र जिम्मेवारी तोकेको पनि प्रधानन्यायाधीश डा. शर्माले स्मरण गराए ।

साथै, उनले न्यायकर्मीको आचरण, स्वभाव र कारबाहीबाट नागरिक तहमा दृष्टिकोण र भाष्य निर्माण हुने भनाइ समेत राखे ।

मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म अदालती काम, कारबाही र निर्णयबाट न्यायाधीश तथा कर्मचारीको परिचय निर्माण हुने भएकाले जवाफदेही भएर काम गर्न पनि प्रधानन्यायाधीश डा.शर्माले निर्देशन दिए ।

“अदालतमा विचाराधिन मुद्दाको छिटो, छरितो र विधिशास्त्रको मानक अनुपालना गर्नु र सो अनुरूपका हाम्रा आचरण, स्वाभाव तथा कारबाहीबाट हामीप्रतिको दृष्टिकोण र भाष्य निर्माण हुन्छ मेरो विश्वास रही आएको छ,” प्रधानन्यायाधीश शर्माले भने, “आजको यस समीक्षाको अन्तर्य पनि त्यसैतर्फ निर्देशित हुनुपर्दछ भन्ने मलाई लाग्दछ । मुद्दा मामिलाको रोहमा मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म हरेक चरण–चरणका हाम्रा अदालती प्रक्रियागत काम, कारबाही र निर्णयबाट हामीप्रतिको परिचय निर्माण हुन्छ ।”

प्रधानन्यायाधीश डा.शर्माले सुशासन, जवाफदेहिता र पारदर्शितामार्फत समग्र अदालतप्रतिको जनआस्थालाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था पनि दर्शाए । अदालतहरूले आफूबाट सम्पन्न गरिएका असल अभ्यास र नागरिकमैत्री काम कारबाहीलाई अतिरञ्जना हुन नदिई तथ्यपरक संप्रेषण गर्दा अदालतप्रतिको जनआस्थासँगै न्यायमा पहुँच पनि बढ्ने भनाइ उनको थियो ।

“मुलुकको संविधान, विधि र प्रक्रियाभन्दामाथि कोही पनि हुन सक्दैन । न्यायिक मूल्य, मान्यता र परम्पराजन्य विधिशास्त्रसमेत मुलुकको संविधान, विधि र प्रक्रियाको आलोकमा अनुप्राणित हुने विषयवस्तु हुन्,” उनको भनाइ थियो, “स्वयम् समय नै जीवनको प्रारब्ध र कर्मको सारभूत केन्द्रविन्दु र सैद्धान्तिक आधारशीला हो कि भन्ने मलाई व्यक्तिगत अनुभूति हुन्छ । आफूलाई प्राप्त हुन आएको प्रधान न्यायाधीशको संवैधानिक दायित्व र जिम्मेवारीलाई यही समयरूपी सिद्दान्तको रूपमा लिएको छु ।”

संस्थागत कार्यवातावारणलाई हरहालमा नतिजामुखी बनाउन, न्याय सम्पादन एवम् सेवाप्रवाहमा सरोकारवालामा निराशा पैदा हुन नदिनेतर्फ सदैव सचेत रहनुपर्ने आवश्यकता उनले औँल्याए ।

न्याय सम्पादनलाई छिटोछरितो, गुणस्तरीय र स्वच्छ बनाउने कार्यमा जारी भएका २१ बुँदे निर्देशनहरूको कार्यान्वयन र परिपालना गर्ने विश्वास समेत उनले व्यक्त गरे ।

प्रधानन्यायाधीशको पदवहालीपछि डा.शर्माले मातहत अदालत र न्यायाधीशका लागि २१ बुँदे निर्देशन जारी गरेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

PM Shah Pledges Swift Rescue for People Trapped in Hydropower Tunnels

Bhotekoshi Flood: Over 4,200 People Still Missing After Devastating Flash Flood

U.S. Threatens International Criminal Court Amid Sovereignty Concerns

Israeli Minister Proposes Crocodiles as Prison Guards for Palestinian Detainees

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu