ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलजला : रोल्पाको चारै ऋतुमा फरक रूप


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ६ : ४५   बजे
रोल्पा — रोल्पाको जलजला हरेक ऋतुमा नयाँ रूपमा देखिन्छ । अहिले यो क्षेत्र दुर्लभ फूलहरूले सिँगारिएको छ । समुद्री सतहदेखि २,२०० मिटरदेखि ३,८०० मिटर उचाइमा फैलिएको जलजला रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाको संगममा अवस्थित छ ।
पर्यटकीय आकर्षण
नेपाल सरकारले भ्रमण वर्ष २०२० का लागि तय गरेको एक सय गन्तव्यमा समावेश जलजलामा अहिले जमिन कपासमा टेके जस्तो लाग्छ, पानी नै पानीले भरिएको जस्तो महसुस हुन्छ । अगाडि निलो आकाशमुनि हरिया थुम्काहरू देखिन्छन् । सेतो गुराँस, लालीगुराँस र सयौं बुकी फूलहरूले जलजलालाई झनै सुन्दर बनाएको छ । फूलमा रमाएका चराहरूको चिरबिर आवाजले जलजला गुञ्जायमान छ ।
जैविक विविधता
जलजलामा घोरल, थार, मृग, बँदेल, भालु, डाँफे, मुनाल, कालिज, बाघलगायत जङ्गली जनावर र पक्षी भेटिन्छन् । धुपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति तथा थुप्रै जडीबुटी पनि यहाँ पाइन्छ । युद्धकालदेखि नै यहाँ बस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ ।
धार्मिक र ऐतिहासिक महत्त्व
हरेक वर्ष बैशाख, जेठ र साउने पूर्णिमाको अवसरमा जलजलामा भव्य पूजा हुन्छ । पूजामा रोल्पासँगै छिमेकी जिल्ला रुकुम, सल्यान, प्युठान, दाङ र बागलुङबाट समेत भक्तजन र पर्यटक आउँछन् ।
जलजलामा विभिन्न मार्गहरूबाट पुग्न सकिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा सहजताका लागि ठाउँ–ठाउँमा साइनबोर्ड राखेको छ ।
चारै ऋतुको दृश्य
जलजलाको दृश्य शब्द र तस्वीरले मात्रै वर्णन हुँदैन । फागुन, चैत, वैशाखमा लालीगुराँसले ढकमक्क हुन्छ भने हिउँदमा सेतै हिउँले ढाकिन्छ । असार, साउन, भदौ र असोजमा दुर्लभ फूलहरूले सिँगारिन्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता

सम्बन्धित

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

विदेशको दुःखपछि गाउँमै सफलता: ढोरपाटनमा घोडाचढी व्यवसायबाट मासिक ३५ हजार आम्दानी

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा

कीर्तिमानी यात्रामा हिमपहिरो

श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री बालेनले भने– निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ

ब्रोड पिकको काखमा अस्ताएका कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu