ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ६ : ४५   बजे
काठमाडौँ, साउन १८ गते — नयाँ सरकार गठन भएपछि पहिलो पटक राष्ट्रिय सभामा दुई वटा नयाँ विधेयक दर्ता भएका छन् । साउन १४ गते दर्ता भएका यी विधेयकसँगै लामो समयदेखिको ‘बिजनेस’ अभावको समस्या केही समयका लागि हटेको छ ।
संसद् सचिवालयका अनुसार कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ दर्ता गराउनुभएको हो ।
किन ढिलाइ भयो ?
रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह गत चैत १३ गते प्रधानमन्त्री नियुक्त हुनुभएपछि चैत १९ गते संसद्को दुवै सदनको बैठक बसेको थियो । त्यसयता राष्ट्रिय सभामा एउटै विधेयक दर्ता भएको थिएन । यस अवधिमा प्रतिनिधि सभामा भने करिब १२ वटा विधेयक दर्ता भएका छन् ।
राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलका अनुसार राजनीतिक विषयवस्तु समेटिएका विधेयक तत्काल दर्ता नगर्ने सरकारको सोचका कारण विधेयक आउन ढिलाइ भएको हो । अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन नसकेको अवस्थाले पनि यस्तो बुझाइलाई बल पुगेको देखिन्छ ।
अध्यादेश प्रतिस्थापनको अवरोध
सरकार गठन लगत्तै राष्ट्रपतिबाट आठ वटा अध्यादेश जारी भएका थिए । जसमध्ये चार वटाको प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भइसकेका छन् । तर राष्ट्रिय सभामा बहुमतमा रहेको नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले बाँकी चार वटा अध्यादेश प्रतिस्थापन विधेयकमा सहयोग नगर्ने भएपछि ती निर्णयार्थ प्रस्तुत हुन सकेनन् ।
राष्ट्रिय सभाको भूमिका
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभा कानुन निर्माणमा बाधक छ भन्ने बुझाइले पनि विधेयक आउन ढिला भएको टिप्पणी गर्नुभयो । तर उहाँले भन्नुभयो, “हामीले व्यवहारले नै चिरियौँ । चार वटा विधेयकको प्रतिवेदन एकै दिनमा संशोधनसहित पारित गरायौँ । यसले माथिल्लो सदनले सरकारलाई सहयोग गरेको बुझाइ भएको आधारमा विधेयक आएको हुन सक्छ ।”
सचिव कँडेलका अनुसार साउन २१ गतेको बैठकमा दर्ता भएका दुई वटामध्ये एउटा विधेयक प्रस्तुत हुने र सोही दिन सैद्धान्तिक छलफल हुने जनाइएको छ । अर्को विधेयक भने त्यसपछिको बैठकमा प्रस्तुत गरिनेछ ।
विधायन समितिका सभापति रोकायले सभामा विधेयक दर्ता भएपछि कम्तीमा एक महिनासम्म ‘बिजनेस’ को अभाव नहुने र प्रतिनिधि सभाबाट पनि थप विधेयक आउने भएकाले कानुन निर्माण प्रक्रियाको गति बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Feminist Icon Gloria Steinem Dies Aged 92

Kenya’s Aviation Strike Ends, But Dispute Continues

Nepal Declares National Mourning Day on September 7 for Flood Victims

Florida Officials Misappropriated Taxpayer Money to Defeat Marijuana Legalization

Trump’s Bombastic Rhetoric Raises Concerns Over Hormuz Strait

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu