ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द भएको ११२ दिन, तत्काल खोल्न नेविसंघको माग


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ९ : ०५   बजे

काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा समाज कल्याण परिषद्ले ताल्चा लगाएको ११२औँ दिन सोमबार नेविसंघले पुस्तकालय अगाडि प्रदर्शन गर्दै तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले ‘सार्वजनिक पुस्तकालय बचाऔँ’ भन्ने नारासहित प्लेकार्ड प्रदर्शन गर्दै पुस्तकालय बन्द हुँदा विद्यार्थी, अनुसन्धानकर्ता र पाठकवर्ग प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ।

कार्यक्रममा साहित्यकार तथा नेपालयका सम्पादक विमल आचार्य ले काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय लामो समयदेखि अध्ययन र अनुसन्धानको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै यसमा ताल्चा लगाउनु सयौँ विद्यार्थी अध्ययन गरिरहेको विद्यालय बन्द गर्नुजस्तै भएको बताए।

उनले पुस्तकालयमा रहेका दुर्लभ पुस्तकहरूको संरक्षण गर्नुको सट्टा पुस्तकालय नै बन्द गरिनु दुःखद भएको टिप्पणी गरे।

जेन्जी अभियन्ता मोनिका निरौला ले पुस्तकालयले आफूलाई ज्ञान र सोच विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पुस्तकालयमा लागेको ताल्चाले ज्ञान, विचार र विद्यार्थीको भविष्यमा समेत असर पुगेको बताइन्।

नेविसंघकी सभापति करुणा कटुवाल ले सार्वजनिक पुस्तकालय तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै पुस्तकालय खोल्ने अभियानलाई निरन्तर अघि बढाइने बताइन्।

समाज कल्याण परिषद्ले पुस्तकालयमा ताल्चा लगाएपछि त्यसको विरोधमा विभिन्न साहित्यिक, शैक्षिक र नागरिक क्षेत्रका व्यक्तिहरूले निरन्तर आवाज उठाउँदै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, कुल सङ्ख्या तीन सय नाघ्यो

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट सफलता, विद्यार्थीले बनाए राष्ट्रिय र विश्वस्तरीय कीर्तिमान

विद्यालय तहमै संयुक्त राष्ट्रसंघको अभ्यास, पोखरामा ६ जिल्लाका ३०० विद्यार्थी सहभागी

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको भवनबाट हामफालेर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu