ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ४ : १५   बजे

काठमाडौँ — काठमाडौँको गोकर्णस्थित वाग्मती करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डे र नेपाली सेनाका एक अधिकारीबीच भएको चर्काचर्कीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, सांसद पाण्डेले आफूले सेनाको सिमा नमिचेको र अपमान नगरेको स्पष्टीकरण दिएका छन्।
गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा रहेको सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल करिडोर विस्तारका क्रममा डोजरले भत्काउन लाग्दा सोमबार सांसद पाण्डे र सैनिक अधिकारीबीच विवाद भएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सैनिकले ‘यहाँ फौज बसेको छ, अनुमति पत्र खै ?’ भन्दै रोक्न खोजेको र सांसद पाण्डेले ‘करिडोरको मापदण्ड सबैलाई लाग्छ, यो डोजर रोकिँदैन’ भनेको सुनिन्छ।
यस घटनापछि सांसद पाण्डेले आफ्नो धारणा राख्दै भने, ‘म त्यहाँ एक्लै डोजर लिएर गएको थिइनँ। करिडोर खोल्ने मुख्य जिम्मेवारी अधिकार सम्पन्न वाग्मतीकै हो।’ उनका अनुसार काम सुरु हुनुभन्दा करिब आधा घण्टा अगाडि नै अधिकार सम्पन्न वाग्मतीका आनन्द रानाभाटलाई सेनासँग समन्वय गर्न पठाइएको थियो। सुरुवातमा कुनै अवरोध नभएको र डोजर समेत चलिसकेको अवस्थामा एकजना क्याप्टेन एक्कासी आएर विवाद गर्न थालेको उनको भनाइ छ।
‘उहाँले मलाई फोन गरेर वा साइडमा बोलाएर कुरा गरेको भए हुन्थ्यो। त्यहाँ उपस्थित सम्बन्धित निकायका अधिकारीहरूलाई सोधेको भए पनि हुन्थ्यो। तर उहाँ सिधै भिडमा पस्नुभयो,’ पाण्डेले भने, ‘स्थानीय जनताको बाक्लो उपस्थिति थियो। काम सुरु भइसकेको अवस्थामा एक्कासी रोक्दा झन् ठूलो विवाद हुने स्थिति थियो। त्यसैले मैले भनेँ — क्याप्टेन सा’ब, तपाईंले आफ्नो अथरिटीमा सोध्नुस्, तर अब यो काम रोकिन्न।’
पाण्डेले आफू पनि सैनिक पृष्ठभूमिबाट आएकाले ड्युटीमा खटिएका अफिसरलाई सम्मान गर्न जान्ने बताउँदै अपमान नगरेको दाबी गरे। ‘मैले उहाँलाई अपमान गरेको होइन, परिस्थितिको गाम्भीर्यता बुझाउन खोजेको मात्र हुँ,’ उनले भने।
उनका अनुसार, चर्काचर्की भएको दुई मिनेटमै त्यो युनिट हेर्ने कर्णेल गंगा बराल आइपुगेपछि सेनाको आफ्नै च्यानलबाट कुरा मिल्यो। ‘उहाँहरूकै सहयोग र समन्वयमा बाटो खोल्ने काम विना कुनै अवरोध सम्पन्न भयो। सेनाले हामीलाई काममा सहयोग नै गरेको थियो,’ पाण्डेले जानकारी दिए।
सामाजिक सञ्जालमा आधा भिडियो मात्रै भाइरल भएपछि आफूविरुद्ध भ्रम सिर्जना गरिएको पाण्डेको आरोप छ। ‘मैले सांसदको मर्यादा भुलेर सिमा मिचेको, सेनालाई हप्काएको भनेर जुन प्रश्न उठिरहेको छ, त्यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘सम्बन्धित निकायका प्रमुखहरूकै उपस्थितिमा काम भइरहेको बेला मैले सिमा मिच्ने कुरै आउँदैन।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Foreign Ministry Condemns Philippine Defense Statement

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

China’s Service Trade Grows by 8.3 Percent in First Half of 2026

India Criticizes ‘Farce’ Elections in Pakistan-Controlled Kashmir

India Brings Back 274 Fugitives from 36 Countries Since 2019

Nepal Law Minister Proposes National Investigation Department Under Prime Minister’s Office

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu