ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ४ : १५   बजे

हेटौँडा । वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण फेरि एकपटक हलचलपूर्ण बनेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएकी छन् । मन्त्री पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा बुझाएको जनाइएको छ ।

रायमाझीको राजीनामापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्को पुनर्संरचना गरेका छन् । मुख्यमन्त्री बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा)का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका छन् ।

नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी आफैँ सम्हाल्ने भएका छन् । शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्री, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तथा शैलेन्द्रमान बज्राचार्य भौतिक पूर्वाधार विकासमन्त्री भएका छन् ।

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको पुनर्संरचना गरिएको बताएका छन् ।

अल्पमतको दबाब र गठबन्धन व्यवस्थापनको चुनौतीबीच मुख्यमन्त्री बानियाँले गरेको यो पुनर्गठनले वाग्मतीको आगामी राजनीतिक दिशा र सरकारको स्थायित्वबारे थप चासो बढाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

India Brings Back 274 Fugitives from 36 Countries Since 2019

Nepal Law Minister Proposes National Investigation Department Under Prime Minister’s Office

Nepalese MPs Call for Judicial Inquiry into Tarai-Madhes Incidents

Hundreds of Migrant Children Stranded in Ceuta After Mass Crossing

Indian Leaders Pay Tributes to Late Educationist DY Patil

Nepal’s Foreign Minister Outlines Path to Economic Prosperity

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu