ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगी मुन्दडाको घरमा छापा प्रकरण:एसपीलाई २४ घण्टे स्पष्टीकरण


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ७ : १५   बजे

विराटनगर । औद्योगिक नगर विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको घरमा बहुमूल्य सामान राखेको लिखित उजुरीका आधारमा छापा मारिएको प्रहरीले प्रस्ट्याएको छ ।

छापा मार्दा प्रहरीले केही प्रमाण फेला नपारी रित्तो हात फर्कँदा मुलुकको गृह प्रशासनको विश्वसनीयताप्रति चौतर्फी आलोचना भएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

साताअघि प्रदेश प्रहरी प्रमुखका रूपमा कोशी प्रदेशको राजधानी विराटनगर आएका डीआईजी शेखर खनालले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ कोशी, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ र विराट व्यापार संघका पदाधिकारीसँग चिनजानसहितको छलफल गर्दै त्यस्तो स्पष्टीकरण दिएका हुन् । तर, उनले उद्योगी व्यवसायी मुन्दडाको घरमा सुन, चाँदी, नगद वा कुन बहुमूल्य सामान राखिएको भन्ने खुलाएनन् ।

छलफलमा सहभागी एक उद्योगीका अनुसार मुन्दडाको घरमा बहुमूल्य सामान लुकाएर राखेको नाम र नम्बरसहितको लिखित उजुरी परेपछि प्रहरी छापा मार्न बाध्य भएको डीआईजी खनालले बताए । तर, उनले त्यो कुन र कस्तो बहुमूल्य सामान हो भन्नेबारे खुलाएनन् ।

ती उद्योगीका अनुसार डीआईजी खनालले घुमाउरो भाषामा मुन्दडाको घरमा ठूलो परिमाणमा नगदसहित सुन र चाँदी लुकाएर राखेको उजुरी परेकोतर्फ संकेत गरेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीसहित पीडित उद्योगी प्रकाश मुन्दडा लगायतका उद्योगी व्यवसायी सहभागी थिए ।

प्रकाश मुन्दडा उद्योग परिसंघ कोशीका उपाध्यक्ष र निजी क्षेत्रको जेठो संस्था मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष हुन् । उनीहरू सबै एकाघरमा बस्छन् । प्रहरीले उद्योगी प्रकाशको घरमा नभई उनका काका बेनीगोपालको घरमा छापा मारेको दाबी गरेको छ ।

मुन्दडा परिवारको नेपालकै सबैभन्दा ठूलो चाँदी उद्योग जेजे ज्वेलर्ससहित हिमगिरि सोप, बाबा रिफाइनरी, मारुती रिफाइनरी, हाइलाइफ चप्पल लगायतका उद्योग छन् । यो परिवारले सीता एअरमार्फत हेलिकोप्टरबाट हवाई सेवाको व्यवसाय पनि गर्दै आएको छ । त्यस्तै विराटनगरको सेन्ट्रल मलको सञ्चालक रहेको मुन्दडा परिवार घरजग्गाको कारोबारमा पनि संलग्न छ ।

छापा तथा अनुसन्धानात्मक कारबाहीअघि प्रयोग गरिने सूचना संयन्त्रको विश्वसनीयता र प्रामाणिकतामाथि गम्भीर पुनरावलोकन गर्न, अपुष्ट सूचनाका आधारमा गरिने कारबाहीबाट निर्दोष उद्योगी-व्यवसायीको सामाजिक प्रतिष्ठा र व्यावसायिक साखमा असर पुग्नका साथै यस्ता आधारहीन क्रियाकलापले राष्ट्रको अर्थतन्त्रमा दूरगामी असर पर्ने भन्दै उद्योगीहरूले ध्यानाकर्षण गराएका छन् । अब त्यस्तो गल्ती नदोहोरिने डीआईजीले आश्वासन दिएको सहभागी उद्योगीले बताए ।

यसैबीच, कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार यो घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उद्योगी व्यवसायी मुन्दडाको घरमा प्रहरीले छापा हानेको विषयमा प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग स्पष्टीकरण मागेको हो । छापा मार्नुको कारण, प्राप्त सूचना तथा त्यसलाई पुष्टि गर्ने आधार र प्रमाणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

“हामीले प्रहरीले अपुष्ट सूचनाका आधारमा उद्योगी व्यवसायीको घर र उद्योगमा छापा मार्दा मानमर्दन भएको र सामाजिक प्रतिष्ठामा गम्भीर आघात पुगेको गुनासो गर्यौँ । मान-प्रतिष्ठा र विश्वासकै भरमा अर्बौँको कारोबार गर्दै आएका छौँ । प्रहरीले अपुष्ट सूचनाका आधारमा घर र गोदाममा छापा मारेर मान-प्रतिष्ठा नै सडकमा ल्याइदिएपछि कारोबार नै प्रभावित भएको छ,” छलफलमा सहभागी उद्योगीले डीआईजीसमक्ष गुनासो पोखेका थिए ।

अपुष्ट सूचनाको भरमा उद्योगी-व्यवसायीलाई आतंकित पार्ने शैलीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी लामो समयसम्म छापा मारेर त्रसित बनाएको र कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायको सिद्धान्तलाई समेत समान रूपमा ध्यान दिन डीआईजीसमक्ष आग्रह गरिएको सहभागी उद्योगीहरूले बताएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

अर्थमन्त्रीले भने: न्यून ब्याजदर र अधिक तरलता हुँदा पनि कर्जा नबढ्नु चिन्ताको विषय

अमरेशको प्रश्न– मधेसमा किन लाठिचार्ज हुँदैन, गोली चल्छ ?

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

सरकारको कार्यशैली सकारात्मक, अब सुशासन र कार्यान्वयनमै केन्द्रित हुनुपर्छ : राजेन्द्र खेतान

अर्थमन्त्रीले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu