ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीले भने: न्यून ब्याजदर र अधिक तरलता हुँदा पनि कर्जा नबढ्नु चिन्ताको विषय


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ६ : १५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनस्र्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको बताए ।

अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति चासो व्यक्त गरे । यस्ता संरचनागत समस्या समाधानका लागि मौद्रिक नीति, नियमन र सुपरीवेक्षणमा नयाँ दृष्टिकोण आवश्यक रहेको उनले औंल्याए।

उनले भने, ‘कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा र बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा पनि कर्जाको माग बढ्न नसक्नु र लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय हो । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन्। जहाँ कानुनी र प्रक्रियागत सुधार आवश्यक छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्ने छैन।’

अर्थमन्त्रीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। छलफल केवल समस्या पहिचानमा मात्र सीमित नहुने स्पष्ट पार्दै उनले प्राप्त सुझावहरूलाई कार्यान्वयनको ठोस मार्गचित्रमा ढालिने आश्वासन दिए ।

अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले मात्र नभई आत्मविश्वासपूर्ण र भविष्यप्रति आशावादी बनाउने सरकारको लक्ष्य रहेको उनले बताए। नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउन बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न समेत उनले आह्वान गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले बाढीपीडितका लागि सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काठमाडौँ महानगरका ६ एम्बुलेन्स तयारीमा, स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu