ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा


admin
२९ चैत्र २०७४, बिहिबार   ७ : ४६   बजे

भक्तपुर, २९ चैत ।  चैत २८ गतेदेखि जिल्लाका विभिन्न कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा परेका छन् ।

हाजिर कहाँ गर्ने, काम कहाँ गर्ने भन्नेबारेमा कार्यालयका प्रमुख नै अन्योलमा परेका छन् । संविधानले गरेको व्यवस्थाअनुसार चैत २८ गते जिल्लास्थित कार्यालय खारेज भएका हुन् । यद्यपि जिल्ला समन्वय समिति नै अन्योलमा परेपछि कर्मचारीमा थप अन्योल छाएको हो ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख नीला घिमिरेले आजदेखि जिल्ला कार्यालयको बोर्ड हटाउने भनिए पनि कार्यालय प्रमुख र समायोजन हुन बाँकी रहेका कर्मचारीले कहाँ हाजिर गर्ने र के काम गर्ने भन्नेबारेमा भने अन्योल भएको बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्ण ढुंगानाले तीन नगरपालिकालाई कार्यालय हस्तान्तरण गरिए पनि कार्यालय प्रमुखको अन्योल भने कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभागले महाप्रबन्धकसँग कुराकानी भइरहेको छ, निर्देशित परिपत्र नआएसम्म कार्यालय प्रमुखकै हैसियतमा हाजिर गरिन्छ, यद्यपि अब के गर्ने भन्ने अन्योल भने कायमै रहेको छ ।”

जिल्ला शिक्षा कार्यालय र जनस्वास्थ्य कार्यालय जस्तै कृषि कार्यालयलाई पनि आगामी असार मसान्तसम्म कायम राख्ने कि भन्नेबारेमा छलफल भइरहेकाले आफ्नै कार्यालयमै हाजिर गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिले कुनै निर्देशन नदिएको र अन्य कहाँ हाजिर गर्ने भन्नेबारेमा कुनै निर्देशन नआएको उहाँको भनाइ छ । कार्यालय प्रमुखको हैसियत के रहने भन्नेबारेमा अन्योल भएकाले काम गर्न निकै समस्या परेको अधिकांश कार्यालय प्रमुखको गुनासो छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने खारेजीमा परेका कार्यालयको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

कृषि कार्यालय, डिभिजन सहकारी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला पशु कार्यालय, जनस्वास्थ्य कार्यालय, सिँचाइ कार्यालय, भू–संरक्षण, महिला विकासलगायत कार्यालय खारेजीमा परेका छन् ।

खारेजीमा परेका कार्यालयको चलअचल सम्पत्ति र दायित्व हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिससको संयोजकत्वमा समितिमा विषयगत कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत र जिल्ला समन्वय अधिकारीको समिति बनाइएको छ ।

जिसस प्रमुख नवराज गेलालले जिल्लाका विषयगत कार्यालयका प्रमुखको हकमा के गर्ने भन्ने निर्णयमा पुगिनसकेको बताउनुभयो ।

उहाँले कार्यालय प्रमुख र समायोजन हुन बाँकी कर्मचारीलाई जिससको कार्यालयमा हाजिर गराउने व्यवस्था गर्न लागेको बताउँदै समितिको बैठक बसेर यसबारे निर्णय गर्ने उहाँको भनाइ छ । यद्यपि अब के गर्ने भन्नेबारेमा जिसस प्रमुखसमेत अन्योलमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group