ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ११ : ४५   बजे

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा प्रवेश गरेको भन्दै अदालतको कानुनी प्रक्रियाप्रति पूर्ण सम्मान रहने बताउनुभएको छ।

शुक्रबार जारी विज्ञप्तिमार्फत महामन्त्री घिमिरेले कानुनी प्रक्रिया आफ्नो मार्गमा अघि बढिरहे पनि पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा जनविश्वास पुनर्स्थापनाको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको हो।

उहाँले नेपाली कांग्रेसको वर्तमान राजनीतिक दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनबाट प्राप्त वैधानिक जनादेश तथा पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्देशित भएको उल्लेख गर्नुभएको छ। कानुनी प्रक्रियाले आफ्नो गति लिने भए पनि संगठन निर्माणको अभियान अझ तीव्र रूपमा अघि बढाइने उहाँको भनाइ छ।

महामन्त्री घिमिरेले लोकतन्त्रको मूल आधार असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु उचित नहुने धारणा राख्नुभएको छ। उहाँले संवाद, संस्थागत प्रक्रिया र पार्टी विधान नै लोकतान्त्रिक राजनीतिक दलको विश्वसनीय आधार भएको उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थागत राजनीतिभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई बढावा दिने चेतावनी पनि दिइएको छ।

महामन्त्री घिमिरेले वर्तमान अवस्थामा नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प आवश्यक रहेको उल्लेख गर्दै अविश्वासको राजनीतिभन्दा रूपान्तरणमुखी नेतृत्वको आवश्यकता औंल्याउनुभएको छ।

उहाँले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई व्यक्तिगत आग्रह वा गुटगत स्वार्थभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्नुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नाइमा अटो एक्सपोअघि दोहोरो संकट : तातोपानीमा ३५ भन्दा बढी गाडी रोकिए, कर नीतिले मूल्य बढायो

PM Modi Stresses Unity Among New NDA MPs During Breakfast Meet

Daughter Reflects on Father’s Legacy as Human Rights Activist

Kharge Demands Amit Shah’s Statement on Police Action; Rijiju Rejects Opposition Claims

Priyanka Gandhi Urges Amit Shah to Address Parliament on Police Action

Lok Sabha Speaker Criticizes Opposition for Stalling Proceedings

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu