ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा अध्यक्ष लिङ्देनको सन्देश : ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा मेरो’


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   २ : ४५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ले पार्टीप्रति निष्ठावान, सक्रिय र समर्पित कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्। उनले पार्टीमा अवसरको अभाव हुने चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गर्दै इमान्दारीपूर्वक काम गर्नेहरूलाई उचित जिम्मेवारी र अवसर प्रदान गरिने प्रतिबद्धता जनाए।

शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टी संगठनलाई बलियो बनाउन सक्रिय कार्यकर्ताको भूमिका निर्णायक हुने बताए। उनले पार्टी र देशको सेवामा समर्पित भएर काम गर्न चाहने कुनै पनि व्यक्तिले अवसर नपाउने हो कि भन्ने डर पाल्न नपर्ने स्पष्ट पारे।

‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन। सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु,’ उनले भने।

काम गर्नेका लागि अवसर, जिम्मेवारीबाट भाग्नेलाई स्थान छैन

लिङ्देनले पार्टीभित्र विगतमा भएका मतभेद वा आन्तरिक प्रतिस्पर्धालाई लिएर कार्यकर्ता त्रसित हुनुपर्ने अवस्था नरहेको बताए। आफू सबै कार्यकर्ताको अभिभावकका रूपमा उभिने उल्लेख गर्दै उनले जिम्मेवारीबाट भाग्ने र संकटका बेला पछि हट्ने प्रवृत्तिलाई भने पार्टीले स्वीकार नगर्ने चेतावनी दिए।

उनले पद र प्रतिष्ठाभन्दा पनि कार्यसम्पादनलाई प्राथमिकता दिइने बताउँदै सक्रिय रूपमा संगठन निर्माणमा योगदान दिने कार्यकर्ताका लागि पार्टीभित्र प्रशस्त अवसर रहेको धारणा राखे।

पहिले आफ्नै परिवारलाई राप्रपामा जोड्न आग्रह

अध्यक्ष लिङ्देनले संगठन विस्तारको अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आफ्नै परिवारबाट सदस्यता विस्तार सुरु गर्न सुझाव दिए। आफ्नै परिवारका सदस्यलाई पार्टीमा आबद्ध गराउन नसक्ने व्यक्तिले समाजलाई विश्वास दिलाउन कठिन हुने उनको तर्क थियो।

‘आफ्नै परिवारले विश्वास नगरेको व्यक्तिलाई छिमेकी र समाजले पनि सहजै विश्वास गर्दैन,’ उनले भने।

सक्रिय सदस्यता अभियानमा जुट्न निर्देशन

राप्रपाले देशव्यापी रूपमा संगठन सुदृढीकरणका लागि सक्रिय सदस्यता अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले कार्यकर्तालाई तत्काल अभियानमा केन्द्रित हुन निर्देशन दिए।

उनले नातागोता, छरछिमेक र समुदायबाट योजनाबद्ध रूपमा सदस्य विस्तार गर्न आग्रह गर्दै निकट भविष्यमा राप्रपाप्रति जनआकर्षण उल्लेखनीय रूपमा बढ्ने दाबी गरे।

‘जनलहर आउनेछ’

लिङ्देनले आगामी दिनमा राप्रपाको संगठनात्मक प्रभाव विस्तार हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई वडा तहदेखि संगठन मजबुत बनाउन आह्वान गरे। उनले इमान्दारी, अनुशासन र जिम्मेवारीका साथ काम गरे पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सकिने धारणा राखे।

उनका अनुसार पार्टीको उद्देश्य केवल सदस्य संख्या बढाउनु मात्र नभई सक्षम नेतृत्व उत्पादन गर्दै स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म प्रभावकारी उपस्थिति कायम गर्नु हो।

अध्यक्ष लिङ्देनले कार्यकर्तालाई संगठन विस्तार, वडा जिताउने अभियान र पार्टीप्रतिको प्रतिबद्धतालाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्दै राप्रपाको आगामी यात्रा संगठनको एकता र सक्रियतामै निर्भर रहने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Top Five Indian Bowlers Leading Wicket Tally Against Sri Lanka

Todd Blanche Confirmed As US Attorney General In Narrow Senate Vote

Mount Etna Eruption Forces Suspension of Flights at Catania Airport

Senate Confirms Todd Blanche as U.S. Attorney General

Kharge Accuses BJP and RSS of Having No Role in India’s Freedom Struggle

Kiren Rijiju Criticizes Congress Leadership Over Failure to Acknowledge Past Errors

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu