ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह र यौन दुर्व्यवहारविरुद्ध विद्यालयमै कानुनी सचेतना, म्याग्दीका विद्यार्थीलाई अधिकार र सजायबारे जानकारी


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : ४५   बजे

म्याग्दी । विद्यालय तहका विद्यार्थीलाई बालविवाह, बाल यौन दुर्व्यवहार तथा त्यससम्बन्धी कानुनी व्यवस्थाबारे सचेत गराउने उद्देश्यले म्याग्दीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। पश्चिम म्याग्दीको केबी एकेडेमी एन्ड बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई बालअधिकार, कानुनी संरक्षण र अपराधको सजायबारे विस्तृत जानकारी दिइएको हो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कार्कीले सहजीकरण गरेका थिए।

कार्यक्रममा प्रहरी निरीक्षक कार्कीले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा पार्ने नकारात्मक असरबारे जानकारी गराउँदै नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रूपमा निषेध गरिएको स्पष्ट पारे।

उनले बालबालिकासम्बन्धी ऐन, २०७५ को उपदफा ६६(२)(ण) अनुसार बालबालिकासँग विवाह गर्नु वा गराउनु कानुनविपरीतको कसुर हुने उल्लेख गर्दै बालविवाहमा संलग्न व्यक्तिलाई कानुनी कारबाही हुने बताए।

बलात्कारसम्बन्धी कानुनी सजायबारे जानकारी

कार्यक्रममा बाल यौन दुर्व्यवहार र बलात्कारसम्बन्धी कानुनी व्यवस्थाबारे पनि विद्यार्थीलाई जानकारी गराइएको थियो।

प्रहरी निरीक्षक कार्कीका अनुसार मुलुकी अपराध संहिता, २०७४ ले पीडितको उमेरका आधारमा फरक–फरक सजायको व्यवस्था गरेको छ।

  • १० वर्षभन्दा कम उमेरका बालबालिकालाई बलात्कार गरेमा जन्मकैद,
  • १० देखि १४ वर्ष मुनिका बालबालिकामाथि बलात्कार गरेमा १८ देखि २० वर्षसम्म कैद,
  • १४ देखि १६ वर्ष मुनिका बालबालिकाको हकमा १२ देखि १४ वर्षसम्म कैद,
  • १६ देखि १८ वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था रहेको जानकारी दिइयो।

त्यस्तै, यस्ता घटनामा पीडित बालबालिकाले आफू पीडित भएको थाहा पाएको मितिले तीन वर्षभित्र उजुरी दर्ता गर्न सक्ने कानुनी व्यवस्था रहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो।

बालबालिकामा कानुनी चेतना बढाउने उद्देश्य

विद्यालयका प्रिन्सिपल विमल शर्माले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा कानुनी जानकारी बढाउनुका साथै आत्मविश्वास र आत्मसुरक्षाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई सामाजिक सचेतना र जीवनोपयोगी ज्ञानसँग पनि जोडिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमको सञ्चालन इन्सेक म्याग्दीका प्रतिनिधि अमृतप्रसाद पौडेलले गरेका थिए।

इन्सेकले विद्यालयस्तरमै यस्ता कार्यक्रम सञ्चालन गर्दै बालअधिकार संरक्षण, बालविवाह न्यूनीकरण तथा बाल यौन दुर्व्यवहारविरुद्ध सचेतना विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

उच्च शिक्षा सुधार : ‘योग्य जनशक्ति भित्र्याएनौं भने विश्वविद्यालय प्रतिस्पर्धी बन्न सक्दैन’

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

मौका परीक्षामा ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५७ हजार ८९७ जनाले पाए सबै विषयमा ग्रेड

इन्जिनियरिङ प्रवेश परीक्षामा मदरल्यान्ड उत्कृष्ट : आइओई र केयूमा अमृत तिमिल्सिना दुवैतर्फ दोस्रो

शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा १० जना ‘सर्टलिस्ट’, शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu