झापा । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई करिब २ करोड रुपैयाँ राहत वितरण गरेको छ।
कार्यालयका अनुसार हात्तीको आक्रमणबाट सो अवधिमा ६ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए। मृतकका परिवारलाई ६० लाख र घाइतेलाई २६ लाख ६० हजार ८६२ रुपैयाँ राहत दिइएको छ।
त्यस्तै, पशुधन, भण्डारण गरिएको अन्न, घरगोठ र अन्नबालीमा भएको क्षतिबापत समेत गरी कुल १ करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरिएको कार्यालयले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्