ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षमा ताप्लेजुङ अस्पतालमा ४ सय जनाको शल्यक्रिया


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङमा एक वर्षमा करिब चार सय जनाको शल्यक्रिया गरिएको छ । यस अवधिमा उपचारका लागि आएका व्यक्तिको सामान्यदेखि जटिल शल्यक्रिया गरिएको छ । पहिले गर्भवतीको मात्र शल्यक्रिया हुँदै आएको थियो । २०८१ फागुनमा सर्जन चिकित्सक प्रनाम जयरु आएदेखि जटिल प्रकारका शल्यक्रिया गर्न थालिएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका अनुसार एक वर्षमा ३ सय ९३ जनाको शल्यक्रिया गरिएको छ । जसमा मेजर १ सय ६५, मध्यमखालका १ सय १८ र सामान्य १ सय १० जनाको शल्यक्रिया भएको छ । मेजर अपरेसनमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, मल्टिपल इन्जुरीलगायत हुन्छन् । यसअघि यस्ता शल्यक्रिया गर्न यहाँबाट झापा, मोरङ, सुनसरीलगायत तराईका जिल्ला जानुपर्ने बाध्यता थियो । कतिपय सरसापट गरेर भए पनि संघीय राजधानी काठमाडौं पुग्ने गरेका थिए ।

अस्पतालमा मेजर अपरेसनका लागि बिरामीको अवस्था हेरी १० हजार देखि २० हजार रुपैयाँसम्म खर्च लाग्छ । यीबाहेक आर्थिक अवस्था सामान्य भएका, तत्काल शल्यक्रिया गर्नैपर्ने तर शुल्क तिर्न नसक्ने २० जनाको पनि नि:शुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रमुख चिकित्सक जयरुले जानकारी दिए । उनका अनुसार नि:शुल्क शल्यक्रिया गरिएका व्यक्तिको संख्या ३ सय ९३ भन्दा बाहिरको हो ।

शल्यक्रिया गर्ने कुरा सुन्नेबित्तिकै सर्वसाधरण आत्तिने, घरका धेरैजना बिरामी लिएर जाने र बिरामी रुँगेर बस्नुपर्दा ठूलो धनराशि खर्च हुने गरेको फुङलिङ नगरपालिका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले बताए । ‘कतिपयले शल्यक्रियामा जानका लागि गाई गोरु, भैंसी नै बिक्री गर्ने गरेको पीडादायी अवस्था छ,’उनले भने, ‘जिल्ला अस्पतालमै शल्यक्रिया सेवा पाउँदा धेरैलाई राहत भएको छ ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

सप्तकोसीको कटान तीव्र, बराहक्षेत्र र बेलकाका बस्ती जोखिममा

उपमेयरमाथि कर्मचारीमाथि हातपात गरेको आरोप, भनिन्– ‘कुटपिट गरेको होइन’

कोशीमा बढ्यो पानीको बहाव, १५ ढोका खोलियो; तटीय क्षेत्रमा उच्च सतर्कता

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu