ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ११ : ५५   बजे

 

फिदिम । पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५ वडामा रेविज सङ्क्रमण पुष्टि भइसकेको पशु सेवा शाखाले जनाएको छ।

फाल्गुनन्द गाउँपालिका पशु सेवा शाखाका प्रमुख गोपाल घिमिरेका अनुसार वडा नं. २ फाक्तेपमा यसअघि दुई गोरु, दुई भैंसी र दुई गाईमा रेविज सङ्क्रमण पुष्टि भएको छ। कुकुरको टोकाइपछि ती चौपाया मरेका थिए। घिमिरेका अनुसार वडा नं. ६ र ७ सबैभन्दा बढी जोखिममा छन्।

उहाँका अनुसार वडा नं. ६ को मेहेलबोटे क्षेत्रमा तीन गाईभैंसी र सात जना मानिसलाई तथा वडा नं. ७ आङसराङ क्षेत्रमा तीन राँगा, सात बाख्रा र केही कुकुरलाई अज्ञात स्थानबाट आएको कुकुरले टोकेको थियो। तीमध्ये पशु चौपायामा रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।

वडा नं. ५ मा समेत सङ्क्रमण देखिएको छ। यहाँ सातवटा बाख्रालाई कुकुरले टोकेकोमा अधिकांशमा रेविजको लक्षण देखिएको छ। हालसम्म फाल्गुनन्दका विभिन्न वडामा १५ वटा पशु रेविजका कारण मरिसकेको र ४५ वटामा रेविजको लक्षण देखिएको गाउँपालिकाले जनाएको छ।

यस्तै वडा नं. १ नवमीडाँडा क्षेत्रमा एउटै कुकुरले दुई जना मानिस, एउटा कुकुरसहित केही पशुलाई टोकेको थियो। उक्त कुकुरको पीसीआर परीक्षण गर्दा रेविज सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले जनाएको छ।

“भित्री बस्तीसम्म सङ्क्रमित कुकुरले पशु चौपायालाई टोकेको खबर प्राप्त भइरहेको छ। यो तथ्याङ्क अझै बढ्न सक्छ,” घिमिरेले भन्नुभयो।

संक्रमित पशुको सङ्ख्या बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ। पशु सेवा प्राविधिकका अनुसार अधिकांश पशुमा गरिएको प्रारम्भिक तथा पीसीआर परीक्षणबाट रेविज सङ्क्रमण पुष्टि भएको छ। केही नमुनाको परीक्षण प्रक्रिया भने जारी छ।

नवमीडाँडा, इम्बुङ, फाक्तेप, पिपलबोटे र मेहेलबोटे क्षेत्रलाई उच्च जोखिम क्षेत्र घोषणा गरी निगरानी बढाइएको गाउँपालिकाले जनाएको छ।

यसैबिच फिदिम बजारमा शनिबार साँझ एउटा शङ्कास्पद भुस्याहा कुकुरले करिब ३० वटा कुकुर र एक बालिकालाई टोकेपछि नगरपालिकाले उक्त कुकुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार सोही कुकुरले फिदिम नगरपालिका–४ का केशव खनालको भैंसीलाई समेत टोकेको थियो।

घटनापछि फिदिम नगरपालिकाले मुस्कान चोक नजिकै कुकुरका लागि क्वारेन्टिन निर्माण गरेको छ। एउटै कुकुरले शनिबार साँझ करिब ४० वटा कुकुर, अन्य पशु चौपाया र केही मानिसलाई टोकेपछि क्वारेन्टिन स्थापना गरिएको नगरपालिकाले जनाएको छ।

यसअघि हिलिहाङ गाउँपालिकामा रेविजको लक्षण देखिएपछि निगरानीमा राखिएको खसीमा समेत रेविज सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।

यससँगै जिल्लाका फाल्गुनन्द, फिदिम र हिलिहाङ गरी तीन स्थानीय तहमा रेविज सङ्क्रमणको जोखिम बढेको विज्ञ केन्द्रले जनाएको छ।

सङ्क्रमणको जोखिम बढ्दै गएपछि नगरपालिका र प्रभावित गाउँपालिकाले पशुमा अस्वाभाविक व्यवहार, अत्यधिक र्याल बग्ने वा आक्रामक लक्षण देखिए तत्काल पशु सेवा शाखा र भेटेरिनरी अस्पतालमा जानकारी गराउन तथा जोखिममा रहेका पशुबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

पशु सेवा प्राविधिकहरूले सङ्क्रमण फैलिन नदिन कुकुरको निगरानी, खोप अभियान र जोखिम क्षेत्रमा सचेतना कार्यक्रमलाई तीव्र पारिएको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

कोसीमा एमाले–नेकपा मन्त्रालय बाँडफाँट टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu