ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा ‘घ्याङस्वारा अग्र्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : ४५   बजे

त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अग्र्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरेको छ। पञ्चकन्या–४ घ्याङस्वाराको बाँझो सार्वजनिक जग्गालाई कृषियोग्य बनाएर लगाइएको चियाको गुणस्तर परीक्षणमा उत्कृष्ट नतिजा आएपछि गाउँपालिकाले तयारी चियाको मूल्य निर्धारण गरेको हो।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत तयार गरिएको ‘घ्याङस्वारा अग्र्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निर्धारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार मूल्य तोकिएको हो। पहिलोपटक गत चैतमा टिपिएको चियापत्ती प्रशोधन गरी तयारी चिया उत्पादन सफल भएपछि गाउँपालिकाले यसलाई व्यावसायिक कारोबारसँग जोड्ने योजना अघि बढाएको हो।

गाउँपालिकाले ५०० ग्राम चियाको मूल्य ३ हजार, २५० ग्रामको १ हजार ५००, १०० ग्रामको ६ सय, ५० ग्रामको ३ सय र २५ ग्रामको १ सय ५० रुपैयाँ तोकेको छ। गत वैशाखमा ‘घ्याङस्वारा अग्र्यानिक चिया’ नामकरण गरी सार्वजनिक गरिएको चियालाई बजारमा लैजान आवश्यक ट्रेडमार्क, अनुज्ञापत्र तथा मूल्य निर्धारणलगायतका प्रक्रिया पूरा गरिएको गाउँपालिकाले जनाएको छ।

घ्याङस्वाराको ३३२ रोपनी सार्वजनिक जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ८३ हजार चियाका बिरुवा रोपिएको थियो। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको श्रमदानबाट चार वर्षअघिसम्म बाँझो रहेको जग्गामा चिया खेती सुरु गरिएको हो। हाल करिब १२ हजार बिरुवाले उत्पादन दिन थालेका छन् भने स्थानीय किसानलाई अनुदानमा वितरण गर्न गाउँपालिकाले थप ८४ हजार बिरुवा तयार गरेको जनाएको छ।

समुद्री सतहबाट १ हजार ८ सयदेखि २ हजार २ सय मिटर उचाइमा रहेको घ्याङस्वारामा उत्पादित चियाको प्रशोधनमा ककनीस्थित चिया तथा कफी विकास कार्यालयले सहयोग गरेको छ। गाउँपालिकाले चिया उत्पादनलाई स्थानीय रोजगारी सिर्जना, कृषिमा आत्मनिर्भरता र पर्यटन प्रवर्द्धनसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जो बाइडेनको क्यान्सर हड्डीभन्दा अगाडि फैलिएको दाबी, छोरा हन्टरले भने– ‘अत्यन्त पीडादायी’

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

सम्बन्धित

काँडाले रोक्दैन अब टिमुरको व्यावसायिक यात्रा : किसानका लागि बन्यो ‘टिमुर टिप्ने औजार’

जङ्गली जनावरको आतङ्क : किसानको बाली मात्रै होइन, नेपालको खाद्य सुरक्षामाथि पनि बढ्दो संकट

सडकछेउका जग्गामा २५ प्रतिशतसम्म ‘विकास कर’ प्रस्ताव, सडकसम्बन्धी नयाँ विधेयकमा कडा व्यवस्था

स्थानीय कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तयारी, लेखनाथमा किसान र सरोकारवालाबीच छलफल

गण्डकीमा ९९.३९ प्रतिशत धान रोपाइँ सम्पन्न, खेतीयोग्य जमिन भने वर्षेनि घट्दो

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu