ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा ९९.३९ प्रतिशत धान रोपाइँ सम्पन्न, खेतीयोग्य जमिन भने वर्षेनि घट्दो


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   २ : ३५   बजे

पोखरा । गण्डकी प्रदेशमा चालु वर्षको धान रोपाइँ लगभग सम्पन्न भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ, जुन कुल लक्ष्यको ९९.३९ प्रतिशत हो।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीका अनुसार अधिकांश जिल्लामा रोपाइँ सकिएको छ भने केही स्थानमा मात्रै छिटपुट रूपमा रोपाइँ बाँकी रहेको छ।

“साउन महिनाको अन्तिमसम्म प्रदेशका सबै क्षेत्रमा धान रोपाइँ सम्पन्न हुनेछ,” अधिकारीले भने। उनका अनुसार मौसम अनुकूल रहेकाले यस वर्ष रोपाइँ कार्य समयमै सम्पन्न हुने अवस्था बनेको हो।

धान खेतीको क्षेत्रफल वर्षेनि खुम्चिँदै

रोपाइँको लक्ष्य पूरा हुने अवस्थामा पुगे पनि गण्डकी प्रदेशमा धान खेती हुने क्षेत्रफल भने लगातार घट्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ।

प्रदेशमा कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टर क्षेत्रमा धान खेती हुने गरे पनि पछिल्ला वर्षहरूमा यो क्षेत्रफल निरन्तर घटिरहेको छ।

तथ्यांकअनुसार–

  • चार वर्षअघि ९७ हजार ७६९ हेक्टरमा बर्खे धान रोपिएको थियो।
  • त्यसपछिको वर्ष ९६ हजार ५३ हेक्टरमा सीमित भयो।
  • गत आर्थिक वर्ष यो क्षेत्रफल घटेर ९४ हजार १८२ हेक्टरमा झर्‍यो।
  • चालु वर्ष ९३ हजार ६०६ हेक्टरमा मात्रै रोपाइँ भएको छ।

वरिष्ठ कृषि अर्थविज्ञ अधिकारीका अनुसार जग्गा खण्डीकरण, खेतीयोग्य जमिन बाँझो छाड्ने प्रवृत्ति, बस्ती विस्तार तथा पूर्वाधार निर्माणका कारण धान खेती हुने क्षेत्रफल वर्षेनि घटिरहेको हो।

९ जिल्लामा धान खेती, नवलपुर र कास्की अग्रस्थानमा

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा धान खेती हुने गरेको छ। हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुँदैन।

प्रदेशमा सबैभन्दा बढी धान खेती हुने जिल्लामा—

  • नवलपुर
  • कास्की
  • स्याङ्जा
  • तनहुँ

पर्छन्।

यी जिल्लामा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली तथा सुनौलो सुगन्ध लगायतका धानका जात किसानले लगाउँदै आएका छन्।

धान उत्पादनका पकेट क्षेत्र

कृषि मन्त्रालयले विभिन्न जिल्लाका उत्पादनशील क्षेत्रलाई धानको पकेट क्षेत्रका रूपमा पहिचान गरेको छ।

गोरखामा छेवेटार, पालुङटार, आरुघाट र सिरानचोक धान उत्पादनका प्रमुख क्षेत्र हुन्।

लमजुङका धमिलीकुवा, हर्राबोट, भोर्लेटार र करापुटारमा व्यावसायिक धान खेती हुने गरेको छ।

तनहुँका चुँदीफाँट, सत्रसयफाँट र कलेस्तीफाँट पनि उच्च उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छन्।

त्यसैगरी कास्कीका मकैखोला, हाँडीखोला, पामे र लेखनाथ, पर्वतका फलेबास र जलजला, स्याङ्जाका पुतलीबजार, आँधीखोला र गल्याङ, म्याग्दीका भगवती, पिप्ले र घतान तथा बागलुङका बडिगाड, गलकोट र जैमिनीलाई धान उत्पादनका महत्वपूर्ण पकेट क्षेत्रका रूपमा मन्त्रालयले सूचीबद्ध गरेको छ।

उत्पादन बढाउन खेतीयोग्य जमिन संरक्षणको चुनौती

कृषि विज्ञहरूका अनुसार समयमै रोपाइँ सम्पन्न हुनु सकारात्मक पक्ष भए पनि खेतीयोग्य जमिन घट्दै जानु प्रदेशको खाद्य सुरक्षाका लागि दीर्घकालीन चुनौती हो।

उनीहरूका अनुसार खेतीयोग्य जमिन संरक्षण, बाँझो जमिनको उपयोग, आधुनिक कृषि प्रविधिको विस्तार तथा उत्पादनशील धानका जातको प्रवर्द्धनमा जोड दिन सके मात्रै गण्डकी प्रदेशमा धान उत्पादनलाई दीर्घकालीन रूपमा बढाउन सकिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

‘सामाजिक सञ्जालको सरकार’ र संकटमा परिरहेको सञ्चार क्षेत्र : बालेन युगले उठाएका गम्भीर प्रश्नहरू

सम्बन्धित

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

मल अभावले सर्लाहीका किसान संकटमा, युरिया र डीएपीका लागि बिहानैदेखि लाइन

लखन्देहीको बाँध भत्किँदा सर्लाहीमा १,५०० बिघा धानबाली डुबान

मल तस्करी आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा

वधशालाको ‘फोहोर’ अब उद्योगको कच्चा पदार्थ, सरकारको नयाँ योजना

वधशालाको ‘फोहोर’ अब उद्योगको कच्चा पदार्थ, सरकारको नयाँ योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu