ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ९ : ४५   बजे

काठमाडौं । रूपन्देहीको शिवपुर सबस्टेसनमा आएको प्राविधिक खराबीका कारण शनिबार राति एकीकृत नेपाल विद्युत् प्रणालीमा आंशिक अवरोध आएको छ। सबस्टेसनको स्विचयार्डमा जम्पर कन्डक्टर चुडिँदा पश्चिम तथा मध्य क्षेत्रको विद्युत् आपूर्ति केही समय प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार राति करिब १० बजे मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ मा पीटी र आइसोलेटरबीच रहेको जम्पर कन्डक्टर चुडिएको थियो। त्यसपछि ‘ओपन कन्डक्टर फल्ट’ उत्पन्न भई सर्किट–२ पूर्ण रूपमा बन्द हुन पुगेको थियो।

१८० मेगावाट लोड अचानक गुम्यो

सर्किट–२ बन्द भएपछि त्यसको सम्पूर्ण भार सर्किट–१ मा परेको थियो। अत्यधिक भारका कारण पश्चिमी क्षेत्रमा करिब १८० मेगावाट लोड अचानक गुम्न पुगेको प्राधिकरणले जनाएको छ।

त्यसको श्रृङ्खलाबद्ध असरका रूपमा ओभरलोड र ओभरकरेन्ट भएपछि पथलैया–चपुर र पथलैया–ढल्केबर १३२ केभी प्रसारण सर्किटसमेत ट्रिप भएका थिए।

प्रसारण लाइनहरू ट्रिप भएपछि पश्चिम तथा मध्य क्षेत्रका विद्युत् उत्पादन केन्द्रमा ‘ओभर फ्रिक्वेन्सी’ को समस्या देखिएको थियो। त्यसका कारण केही उत्पादन युनिटसमेत स्वतः बन्द हुन पुगेका थिए।

यसले राष्ट्रिय विद्युत् प्रणालीमा थप जटिलता उत्पन्न गरेको प्राधिकरणले जनाएको छ।

रातभर मर्मत, क्रमशः आपूर्ति पुनःस्थापित

प्राविधिक समस्या देखिएलगत्तै नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको थियो। टोलीले रातभर काम गरी चुडिएको जम्पर कन्डक्टर प्रतिस्थापन गरेपछि विद्युत् प्रणाली पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको थियो।

पुनःस्थापनाका क्रममा सुरुमा पथलैया–चपुर १३२ केभी सर्किटमार्फत मध्य क्षेत्र तथा प्रमुख लोड भएका क्षेत्रमा विद्युत् आपूर्ति गरिएको थियो।

त्यसैगरी **बुटवल र कोहलपुर क्षेत्रलाई सम्बन्धित ‘आइसल्यान्ड ग्रिड’**मार्फत सञ्चालनमा ल्याइएको थियो।

अन्ततः हेटौँडा–कुलेखानी–स्युचाटार ६६ केभी तथा हेटौँडा–मातातीर्थ १३२ केभी करिडोरमार्फत राष्ट्रिय विद्युत् प्रणाली पूर्ण रूपमा पुनःस्थापित गरिएको प्राधिकरणले जनाएको छ।

विद्युत् आपूर्ति सामान्य

आकस्मिक प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले दुःख व्यक्त गरेको छ।

प्राधिकरणले यस्ता प्राविधिक समस्या तत्काल समाधान गरी विद्युत् सेवा सुचारु गर्न आफूहरू निरन्तर सक्रिय रहेको जनाएको छ।

हाल मुलुकभरको विद्युत् आपूर्ति सामान्य अवस्थामा फर्किएको प्राधिकरणले स्पष्ट पारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जो बाइडेनको क्यान्सर हड्डीभन्दा अगाडि फैलिएको दाबी, छोरा हन्टरले भने– ‘अत्यन्त पीडादायी’

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाडीको प्रदर्शनीभन्दा पर : नेपालको अटोमोबाइल उद्योगले खोज्दैछ नयाँ गतिशीलता !

नेप्से ३५ अंकले घट्दा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढ्यो

समस्याग्रस्त सहकारीमा करोडभन्दा बढी बचत गर्नेले स्वघोषणा फारम भर्नुपर्ने

US Condemns China’s ‘Nature Reserve’ Claim as Territorial Ambition in South China Sea

भारतमा प्रतिबन्ध, नेपालमा तस्करी : स्थानीय चिनी गोदाममा थन्किँदा  भारतीय चिनीको भरमा बजार

सुनको मूल्य ३ लाख नाघ्यो, एकैदिन तोलामा ४ हजार ८ सयले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu