ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० वर्ष सिक्रीमा बाँधिएको जीवनबाट ओमप्रकाशले पाए मुक्ति


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   १२ : ४५   बजे

पश्चिम नवलपरासी । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि करिब एक दशकदेखि घरमै सिक्रीले बाँधिएर बस्न बाध्य ३५ वर्षीय ओमप्रकाश राजभरले अन्ततः बन्धनबाट मुक्ति पाएका छन्।

सरावल गाउँपालिका–५, फुलवरियाका राजभरलाई स्थानीय सरकारको पहलमा उद्धार गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीस्थित मानव सेवा आश्रममा पुर्‍याइएको छ। आर्थिक अभावका कारण परिवारले लामो समयसम्म उनको उपचार र उचित हेरचाह गर्न सकेको थिएन।

करिब १० वर्षअघि रोजगारीका लागि विदेशमा रहेका बेला पारिवारिक घटनापछि उनी गहिरो मानसिक तनावमा परेको परिवारजनले बताएका छन्। विदेशबाट फर्किएपछि मानसिक अवस्था बिग्रँदै गएपछि नियन्त्रण गर्न नसकिएको भन्दै परिवारले उनलाई सिक्रीमा बाँधेर राख्ने गरेको थियो।

उनको अवस्थाबारे वडा अध्यक्ष लक्ष्मण चौधरीमार्फत जानकारी पाएपछि गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले उद्धारको पहल गरेका थिए। अध्यक्ष चौधरीकै उपस्थितिमा गाउँपालिकाको एम्बुलेन्समार्फत राजभरलाई मानव सेवा आश्रम पुर्‍याइएको हो।

आश्रममा अब उनलाई आवश्यक संरक्षण, हेरचाह र उपचारको व्यवस्था गरिनेछ। गाउँपालिकाले उपचारसँगै परिवारसँग पुनर्मिलन गराउन आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ। स्थानीय सरकारको यो पहलले मानसिक स्वास्थ्य समस्या भएका नागरिकलाई बन्धनमा राख्नुको सट्टा उपचार, संरक्षण र मानवीय हेरचाह आवश्यक रहेको सन्देश दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनिल झा, जनार्दन ढकाल र ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

सुशासनका लागि राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक : हरि ढकाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अनिल झा, जनार्दन ढकाल र ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

Hungary’s Tisza Party Nominates Former Supreme Court Chief Andras Baka for Presidency

Iran Issues New Demands for Reopening of Strait of Hormuz

सुशासनका लागि राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक : हरि ढकाल

एसियाली खेलकुद: ४० वर्षको जुडो पदक खडेरी तोड्ने लक्ष्यमा नेपाल

अमेरिकामा विदेशी कामदारको जागिर गुमेपछि पाइने ६० दिने ‘ग्रेस पिरियड’ हटाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu