ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लामा ग्यासको हाहाकार, एउटा सिलिन्डरका लागि घण्टौँ लाइन


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   १ : २५   बजे

जुम्ला  । जुम्लामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि उपभोक्ता दुई दिनदेखि सिलिन्डरका लागि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्। शनिबार बिहानैदेखि जुम्लाको बसपार्क क्षेत्रमा ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको थियो।

स्थानीय जयशंकर धितालका अनुसार ग्यास आउने प्रतीक्षामा बिहानैदेखि ठूलो संख्यामा मानिस जम्मा भएका थिए। एउटा सिलिन्डर लिनसमेत घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था आएको उनले बताए।

लगन स्टोर एन्ड सप्लायर्सले शनिबार दिउँसो ३ बजे ३५० वटा सिलिन्डर वितरण गर्ने तयारी गरेको थियो। तर कर्णाली राजमार्गमा ग्यास बोकेको गाडी बिग्रिएपछि ढुवानीमा ढिलाइ भएको थियो। ग्यास बोकेको गाडी राति मात्र जुम्ला पुगेपछि शनिबार बिहानदेखि वितरण सुरु गरिएको डिलर सञ्चालक पृथ्वीबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार नेपाल ग्यासका सिलिन्डर आएपछि वितरण सुरु गरिएको हो। गत शनिबार पनि सोही संख्यामा सिलिन्डर वितरण गरिएको थियो।

३५० सिलिन्डर, लाइनमा करिब एक हजार

डिलरले ३५० वटा मात्र सिलिन्डर वितरण गर्ने तयारी गरे पनि करिब एक हजार सिलिन्डर उपभोक्ता लाइनमा रहेको बताइएको छ।

सीमित परिमाणमा ग्यास आएपछि सबै उपभोक्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ। ग्यास लिन आएका सर्वसाधारण बिहानैदेखि लाइनमा बसेका थिए।

ग्यास वितरणस्थलमा भीड बढेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रहरी परिचालन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार वितरणस्थलमा सुरक्षा व्यवस्था मिलाउनुपर्ने अवस्था आएको छ।

उनका अनुसार एउटै परिवारको नाममा एकभन्दा बढी सिलिन्डर देखिए तत्कालका लागि एक परिवारलाई एउटा मात्र सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ।

जुम्लामा अघिल्लो महिनाको तुलनामा बढी ग्यास वितरण गरिए पनि बजारमा अभाव देखिएपछि कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंकासमेत बढेको छ।

जुम्लामा न्यू बुढा जनरल स्टोर र लगन स्टोर एन्ड सप्लायर्स गरी दुईवटा डिलरले ग्यास वितरण गर्दै आएका छन्। डिलरमार्फत खुद्रा पसलमा समेत ग्यास बिक्री हुने गरेको छ।

तर डिलर सञ्चालकहरूले नेपाल आयल निगमबाट पर्याप्त ग्यास आपूर्ति हुन नसकेको गुनासो गरेका छन्।

न्यू बुढा जनरल स्टोरका सञ्चालक हरिलाल बुढाका अनुसार चालु महिनामा मात्रै जुम्लामा करिब १ हजार २ सय सिलिन्डर ग्यास वितरण भइसकेको छ।

‘अघिल्लो महिनाभन्दा बढी ग्यास वितरण भए पनि अभाव देखिनुको कारणबारे अन्योल छ,’ उनले भने, ‘कतिपय उपभोक्ताले घरमै ग्यास मौज्दात राखेको हुन सक्ने देखिन्छ।’

ग्यासको अभाव र सम्भावित कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गर्दै आएको छ।

यसअघि डिलरबाट ग्यास खरिद गर्ने उपभोक्ताको अभिलेख राख्ने निर्णय गरिएको थियो। अब भने जिल्लाबाहिर कति ग्यास पठाइयो, डिलरले कति पाए, सहायक पसलमा कति पुग्यो र अन्ततः उपभोक्तासम्म कति वितरण भयो भन्ने विवरणसमेत व्यवस्थित रूपमा राख्ने तयारी गरिएको प्रशासनले जनाएको छ।

यसले आपूर्ति शृंखलामा ग्यास कहाँसम्म पुगिरहेको छ र अभावको वास्तविक कारण के हो भन्ने पहिचान गर्न सहयोग पुग्ने प्रशासनको अपेक्षा छ।

व्यवसायीहरूका अनुसार तेल उत्पादन हुने क्षेत्रमा भएको पछिल्लो द्वन्द्वका कारण केही समयदेखि ग्यास आपूर्ति प्रभावित हुँदै आएको छ।

केही समय ७ किलो ५०० ग्राम क्षमताको आधा सिलिन्डर उपलब्ध गराइएपछि तत्कालको अभाव केही कम भए पनि त्यसले लामो समय माग धान्न नसकेको उपभोक्ताको गुनासो छ।

उपभोक्ताले नियमित रूपमा प्रयोग हुने १५ किलो क्षमताको सिलिन्डर नै उपलब्ध गराउन माग गर्दै आएका छन्।

चन्दननाथ नगरपालिका–२ की रमिला भण्डारीले आधा सिलिन्डर ग्यास चाँडै सकिएपछि अहिले १५ किलोको सिलिन्डर लिन पनि लामो समय लाइनमा बस्नुपरेको बताइन्।

विद्यार्थीदेखि कर्मचारीसम्म लाइनमा

ग्यासको अभावको प्रत्यक्ष असर दैनिक जीवनमा परेको छ। विद्यार्थी, कर्मचारी, व्यवसायी तथा सर्वसाधारण खाना पकाउने ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्।

जुम्लाजस्तो दुर्गम पहाडी जिल्लामा ढुवानीमै हुने अवरोधले आपूर्ति प्रभावित हुने समस्या नयाँ होइन। तर आपूर्ति बढेको भनिए पनि बजारमा ग्यास नपाइनु भने आपूर्ति व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ।

अब प्रशासनले डिलरदेखि उपभोक्तासम्मको वितरण अभिलेख व्यवस्थित गर्ने तयारी गरेसँगै जुम्लामा देखिएको ग्यास अभाव वास्तविक आपूर्ति संकट हो वा वितरण प्रणालीमा भएको कमजोरी तथा सम्भावित मौज्दात/कालोबजारीको परिणाम हो भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

रास्वपाका मन्त्रीले महिनामा एकपटक घण्टीघरमा नागरिकसँग संवाद गर्नुपर्ने

सम्बन्धित

काँडाले रोक्दैन अब टिमुरको व्यावसायिक यात्रा : किसानका लागि बन्यो ‘टिमुर टिप्ने औजार’

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu