काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनको पक्षमा आफूहरू दृढ रहेको बताउँदै शानका साथ अदालत जाने र डिफेन्स गर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै सभापति थापाले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न गरेर त्यसको निष्कर्ष निर्वाचन आयोगमा बुझाइएको बताए ।
विशेष महाधिवेशनको निर्णयमा असन्तुष्ट केही नेताहरू अदालत गएको र अदालतले निर्णय गरिसकेको भन्दै थापाले आफूहरू अदालतमा गएर नभई महाधिवेशनको निर्णय सही भएको दाबी गर्न अदालत जाने बताए ।
उनले निर्वाचन आयोगको निर्णयसमेत यथावत् रहेको भन्दै त्यसबारे छलफल गर्न चाहनेहरूका लागि आफूहरू कानुनी रूपमा दृढताका साथ प्रस्तुत हुने बताए ।
सरकारमा रहेका व्यक्तिहरूतर्फ संकेत गर्दै अदालतको निर्णयमा अनावश्यक आशंका नगर्न पनि थापाले आग्रह गरे । संस्थाहरूले गरेका निर्णयमाथि प्रश्न उठाउँदा संस्थाहरू नै कमजोर हुने भन्दै उनले अदालतप्रति विश्वास गर्नुपर्ने बताए ।
सम्मानित अदालतको निर्णयलाई लिएर सरकारका व्यक्तिको भनाइसँग जोडेर संस्थामाथि प्रश्न उठाउनु उचित नहुने उनको भनाइ थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्