काठमाडौं । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार राजधानी काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ ।
आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्काउने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
सहभागीहरूले आ–आफ्नो जातीय पहिचानअनुसारका मौलिक भेषभूषा लगाएर सांस्कृतिक प्रदर्शनसमेत गरेका थिए । कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान र सांस्कृतिक संरक्षणलाई स्थापित गर्ने उद्देश्यले हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।
खुलामञ्चमा आयोजित समारोहमा विभिन्न समुदायका प्रतिनिधि, अधिकारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्