काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नै पार्टीका केही साथीहरूले आफ्नो निन्दा गरे पनि आफूलाई माया र समर्थन गर्ने नेता–कार्यकर्ताको संख्या ठूलो रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै थापाले आफू पटक–पटक पार्टीभित्रको घेराबन्दीबीच अघि बढेको र त्यसमा आफूलाई माया गर्ने नेता–कार्यकर्ताको ठूलो साथ रहेको बताए ।
उनले निन्दा गर्नेहरूको पछि नलाग्न परिवारलाई समेत आफूले भन्ने गरेको उल्लेख गरे ।
थापाले आफूविरुद्ध विभिन्न समयमा घेराबन्दी भए पनि पार्टीका धेरै नेता–कार्यकर्ताको माया र समर्थनकै कारण त्यसबाट अघि बढ्न सफल भएको बताए ।
पार्टीभित्रको वर्तमान परिस्थितिमा समेत आफू समर्थकहरूको साथ र विश्वासका आधारमा अघि बढ्ने उनको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्