ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाबालिगको डिम्ब निकालिएको घटनामा डा. नूतन शर्मा प्रहरीसमक्ष हाजिर


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब निकालिएको घटनाबारे प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा प्रहरीसमक्ष हाजिर भएकी छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर र सरकारी वकिल कार्यालयमा उपस्थित भएर बयान दिँदै डा. शर्माले सम्बन्धित किशोरी नाबालिग रहेको आफूलाई जानकारी नभएको बताएकी छन् ।

प्रहरी स्रोतका अनुसार डा. शर्माले उपचार तथा प्रक्रियागत विषयमा आफ्नो कुनै गलत नियत नरहेको बयान दिएकी छन् । अस्पतालमा आउने बिरामी वा डिम्बदाताको उमेर, परिचयपत्र तथा आवश्यक कानुनी कागजात प्रमाणीकरण गर्ने जिम्मेवारी प्रशासनिक कर्मचारीको हुने भएकाले आफू त्यस विषयमा जानकार नरहेको उनको भनाइ छ ।

पेसागत कामका सिलसिलामा आफू फिलिपिन्समा रहेकाले समयमै उपस्थित हुन नसकेको र स्वदेश फर्किएलगत्तै अनुसन्धानमा सहयोग गर्न प्रहरीसमक्ष हाजिर भएको उनले बताएकी छन् ।

डा. शर्माविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी नभएको र उनी स्वयं उपस्थित भई अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सरकारी वकिल कार्यालयले उनलाई हाजिर जमानतमा छाडेको जनाइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकीमा गाँजा वैधानिक, तर आफ्नै कानुन कार्यान्वयनमा प्रदेशको कमजोर रेकर्ड

न्यायाधीशविरुद्धका १३५ उजुरी तामेलीमा, १५० अझै छानबिनको पर्खाइमा

सम्बन्धित

टाटा नेक्सनको ‘क्यामो एडिसन’ सार्वजनिक, ९.९९ लाख भारुबाट मूल्य सुरु

ग्यास नथुपार्न उद्योगीको आग्रह, ‘अतिरिक्त खरिदले कृत्रिम अभाव बढ्यो’

लमजुङमा ७५ वर्षीया वृद्धा घरभित्र मृत फेला, हत्या आशंकामा अनुसन्धान

कर तिर्ने म्याद र छुटको असर : बागलुङमा लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

नीतिगत सुधार र लगानी विस्तारसँगै आर्थिक वृद्धि सम्भव : गुणाकर भट्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu