ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेबोनद्वारा ‘प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र’ सार्वजनिक


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिअन्तर्गत नियामकीय सुधार अघि बढाउने क्रममा बोर्डले श्वेतपत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक निष्कासन प्रणालीलाई गुणस्तरीय र प्रभावकारी बनाउँदै प्राथमिक पुँजी बजारको दीर्घकालीन विकास गर्ने उद्देश्यले श्वेतपत्र ल्याइएको सेबोनले जनाएको छ ।

श्वेतपत्रमा नेपालको प्राथमिक पुँजी बजारको वर्तमान अवस्था, कानुनी तथा संस्थागत सीमाहरू, समस्या र चुनौती तथा आगामी दशकका लागि आवश्यक रणनीतिक सुधारका दिशा समेटिएका छन् । प्राथमिक बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष र प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल विकास गर्ने एकीकृत रूपरेखा पनि प्रस्तुत गरिएको छ ।

सेबोनले प्राथमिक बजार सुधारका लागि तीन चरणको कार्यान्वयन रणनीति अघि सारेको छ । पहिलो चरणमा एक वर्षभित्र नीतिगत तथा कानुनी सुधार, दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र संस्थागत तथा प्रविधिगत सुदृढीकरण र तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र उन्नत बजार विकास गर्ने योजना राखिएको छ ।

श्वेतपत्रले निष्कासन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको ड्यु डेलिजेन्ससम्बन्धी दायित्व स्पष्ट गर्दै उनीहरूलाई थप प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्यसमेत लिएको छ ।

सेबोनका अनुसार सुधार आईपीओ प्रणालीमा मात्र सीमित नराखी प्राथमिक बजारलाई राष्ट्रिय पुँजी निर्माण र निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकाससँग जोडेर नेपालको समग्र आर्थिक रूपान्तरणको रणनीतिक आधारका रूपमा अघि बढाइनेछ ।

बोर्डले आगामी दिनमा सरोकारवालासँग निरन्तर परामर्श गरी प्रस्तावित सुधारलाई नीतिगत, कानुनी, प्रक्रियागत तथा प्रविधिगत रूपमा चरणबद्ध कार्यान्वयन गर्ने जनाएको छ ।

श्वेतपत्रले प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता र वित्तीय साक्षरता बढाउनुका साथै नयाँ लगानी उपकरणको विकासमा समेत योगदान पुर्‍याउने सेबोनको विश्वास छ । दीर्घकालीन रूपमा यसले आवश्यक पुँजी परिचालनमार्फत नेपालको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने बोर्डले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकीमा गाँजा वैधानिक, तर आफ्नै कानुन कार्यान्वयनमा प्रदेशको कमजोर रेकर्ड

न्यायाधीशविरुद्धका १३५ उजुरी तामेलीमा, १५० अझै छानबिनको पर्खाइमा

सम्बन्धित

टाटा नेक्सनको ‘क्यामो एडिसन’ सार्वजनिक, ९.९९ लाख भारुबाट मूल्य सुरु

ग्यास नथुपार्न उद्योगीको आग्रह, ‘अतिरिक्त खरिदले कृत्रिम अभाव बढ्यो’

लमजुङमा ७५ वर्षीया वृद्धा घरभित्र मृत फेला, हत्या आशंकामा अनुसन्धान

कर तिर्ने म्याद र छुटको असर : बागलुङमा लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

नीतिगत सुधार र लगानी विस्तारसँगै आर्थिक वृद्धि सम्भव : गुणाकर भट्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu